"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कञ्चनपुरमा अव्यवस्थित बासिन्दाको जग्गा नापजाँच शुरु

Khabar Raftar

फागुन ११, कञ्चनपुर । बेदकोट नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा (ऐलानी–पर्ति) नापजाँच आज शुरु भएको छ। नगरपालिकाको वडा नं १ हात्तीथला, वडा नं २ को चाँदनीफाँटा र वडा नं ४ को विजयनगर ९बगुन० क्षेत्रमा एकसाथ जग्गा नापजाँच शुरु गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

तीनवटै वडामा जिपिएस प्वाइन्ट राख्ने कार्य गरी नापजाँच अगाडि बढाइएको हो । नगर प्रमुख असोक चन्दले जग्गा नापजाँचको जिपिएस प्वाइन्ट राख्ने ठाउँमा पूजा गरी शुभारम्भ गरेका छन् । उनले जग्गा नापजाँच शुभारम्भ गर्दै थप दक्ष जनशक्ति व्यवस्थापन गरी अरु वडामा समेत काम अगाडि बढाइने बताए ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरसँग सहकार्य गरी नगरपालिकाले जग्गा नापजाँचका लागि ५ वटा नापी टोली बनाएर काम थालेको छ। ‘जग्गा नापजाँचपश्चात जग्गाधनी पुर्जा दिनसमेत शुरु गर्छौं,’ नगर प्रमुख चन्दले भने, ‘भूमिहीन दलित, सुकुम्बासीहरूको तथ्याङ्क कम्प्युटरमा प्रविष्टी गर्दै प्रमाणीकरण गरेर जग्गा प्राप्तिका लागि काम अगाडि बढाउँछौं।’

यसका लागि सर्वपक्षीय बैठक बसेर निर्णयसमेत गरिएको उनले बताए । नगर प्रमुख चन्दले केही दिनभित्रै नगरपालिकाका सबै वडामा जग्गा नापजाँच हुने बताए। गत साउनमै अव्यवस्थित बसोवासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको नगरपालिकाले लगत लिएको थियो।

नगरपालिकामा बसोबास गर्दै आएका अव्यवस्थित बसोवासी ८ हजार ७ सय २ जना, सुकुम्बासी १ सय ९३ र भूमिहीन दलित ३ सय १४ जनालाई लगतमा समावेश गरिएको छ। लगतमा समावेश भएकाहरूलाई नगरपालिकाले निस्सा प्रमाणसमेत उपलब्ध गराएको छ।

भर्खरै

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै
सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न
सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न
बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

talim

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै

111111111

सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न

1

सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान