फागुन ०९ धनगढी । कैलालीको एक जंगलमा एक युवतीको शव भेटिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलार बस्ने ४० वर्षीया रबिना कठरियाको शव भेटिएको हो ।
माइती घर बस्दै आएकी उनको शव घर नजिकैको जंगलमा भेटिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी गराउनु भयो । घाँस काट्न गएकी उनी मृत अवस्थामा भेटिएको र बाहिरी चोटपटक केही नदेखिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी गराउनु भयो ।
शव परीक्षणका लागि टीकापुर अस्पताल पठाएको बताउदै प्रहरी नायब उपरीक्षक शाहीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी गराउनु भयो ।
Post Views: 443