"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

No data was found

Khabar Raftar

फागुन ०९, धनगढी । धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत सोमबार भएका दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् । पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । जवाफी ब्याटिङ थालेको एभरेस्ट एकेडेमीले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय रन मात्रै बनाउन सक्यो । एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन । बलिङतर्फ शारदाका अर्जुन सिंह साउदले ४ ओभर बलिङ गर्दै १४ रन दिएर महत्वपूर्ण ४ विकेट लिएका थिए । उसका मिलन बोहराले २, विकास सुनार, हेमन्त धामी र राजेश साउदले समान १÷१ विकेट लिएका थिए ।
यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा २ छक्का र ३ चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भएका थिए । गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाएका हुन । बलिङतर्फ एभरेस्टका कृश ऐरले ४ ओभरमा ३ महत्वपूर्ण विकेट लिँदै ११ रन दिए । आकाश चन्द र धर्म जोशीले समान २÷२ विकेट लिँदा गोविन्द विष्ट र मुकेश ओझा १÷१ विकेट लिन सफल भएका थिए । खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भएका हुन । सर्वाधिक छक्काको अवार्ड हेमन्तलेनै पाउँदा गेमचेन्जर अवार्ड अर्जुन सिंह साउदले पाएका थिए ।
दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जित निकाल्न सफल भएको छ । सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले शानदार जित दर्ता गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनाउन सफल भएका थिए । २ सय ७ रनको विजयी लक्षसहित मैदान उत्रिएको सैनिकले १५.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो ।
सैनिकका लागि सुरुवाती ब्याट्सम्यान खडक बोहरा र प्रज्वल थापाले ३.४ ओभरमै ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवाती दिलाएका थिए । त्यसपछि सम्हालिन नसकेको सैनिकका ब्याट्सम्यानको प्रदर्शनले लगातार तेस्रो हार ब्यहोर्नुप¥यो । उसका लागि प्रज्वल थापाले ३६ रन , खडक बोहराले २२ रन , कमलेश विष्टले १३ र सागर चन्दले ११ रन मात्रै बनाउन सकेका हुन । बलिङतर्फ हिमालयनका दीपक बोहरा(जुनियर)ले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन दिएर महत्त्वपूर्ण ५ विकेट लिएका थिए । अनुप कुँवरले ४ र सन्दीप शाहीले १ विकेट लिएका हुन । यसअघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र ४ चौकाको मद्दतले ३२ बलमै ९२ रन बनाउन सफल भएका थिए । उनलाई इनिङको अन्तिम ओभरमा कमलेस विष्टले बोल्ड आउट गरेका थिए । हिमालयनका वसन्त सिंह कार्कीले २९ बलमा ४७ रन , लक्की कडायत र एमएस थापाले समान १६÷१६, दीपक बोहराले १२ रन बनाएर आउट हुँदा रजत तिमिल्सिना १० रनमा नट आउट भएका थिए । बलिङतर्फ सैनिकका गौतम केसीले २, कमलेस विष्ट, सैलेश बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले समान १÷१ विकेट लिएका हुन । खेलको प्लेयर आफ दी म्याच नारायण जोशी घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए । गेम चेन्जर अवार्ड दीपक बोहरा जुनियरले पाएका थिए ।प्रतियोगिता अन्तरगत भोलि मंगलबार पहिलो खेलमा बिहान ९ बजे लिटल फ्लावर र गुरुकुल आमनेसामने हुनेछन्, भने दोस्रो खेलमा दिउँसो १ बजे विद्या भूषण र स्टेपिङ स्टोन भिड्नेछन् । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको विजेताले १ लाख ५० र उप–विजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन