फागुन०९, धनगढी । विवाहमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ९ स्थित विवाहमा भएको झगडा हुँदा २५ वर्षीय बसन्त चौधरीका मृत्यु भएको हो ।
विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्ने क्रममा विवाद हुँदा झगडा भएको प्रहरीले जानकारी गराएको छ । विवादपछि उनीहरुबीच झगडा समेत भएको प्रहरीले जानकारी गराएको छ ।
झगडामा कुटपिटबाट गम्भीर घाइते भएका बसन्त चौधरीको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेर कोहलपुरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ। त्यस्तैगरी झगडामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएका छन ।
Post Views: 299