फागुन ९ बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा थ्रीजी इन्टरनेट सेवा सञ्चालन सुरु भएको छ । देशका केही स्थानमा फाइभ जी इन्टरनेट सुरू भइसके पनि बाजुरामा भने पहिलो पटक भर्खरै थ्रीजी इन्टरनेट सेवा विस्तार भएको हो ।
हिमाली गाउँपालिका धुलाचौर बाजुरा थ्रीजी इन्टरनेट सेवा आजबाट सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।
हुम्ला जिल्लामा पर्ने केही स्थानीय तहका नागरिकसहित मुगुको केही स्थानीय तहका नागरिकलाई इन्टरनेट पहुँचमा रहने गरी थ्रीजी नेट सेवा सञ्चालन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।
हिमाली भरीका स्थानीयले सेवा लिने गरि इन्टरनेट टावरको जडान गरेको उनको भनाइ छ ।
Post Views: 91