"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हिमालयन ह्वाइट हाउस र विद्या भूषण विजयी

No data was found

Khabar Raftar

फागुन ०८ धनगढी । धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएका खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्या भूषण विजयी भएका छन् । पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको शारदाका कुनै पनि ब्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन् ।

No data was found

शारदाले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन् । शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले ४ विकेट लिए । सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १÷१ विकेट लिएका थिए । यस अघि हिमालयनका लागि दीपक बोराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । दीपक बोहराले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाएका थिए । अर्का दीपकले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएका हुन । हिमालयनका लागि राहुल भण्डारीले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाएका थिए ।

शारदाका लागि मिलन बोहरा र अर्जुन सिंह साउदले समान २÷२ तथा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले १÷१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनले नै पाए । त्यसैगरी दोस्रो खेलमा विद्या भूषण पब्लिक स्कुलले लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरका कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । उसले १७ दशमलव ६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो । उसका लागि विपिन रावलले ३३ बलमा ३० रन बनाउँदा नरेन भट्टले १९ र प्रकाश जैशीले १५ रन बनाए । बलिङतर्फ विद्या भूषणका कप्तान शेर मल्लले ४,प्रदीप चन्दले ३, अर्जुन साउद, वीरेन्द्र नाथ र नरेन साउदले १÷१ विकेट लिए । यसअघि विद्या भूषणका लागि वीरेन्द्र नाथले २६ बलमा ३४, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउद १४ र कप्तान शेर मल्ल १० रन बनाएका थिए ।

लिटल फ्लावरका पुष्कर बडुले कसिलो बलिङ गर्दै ३ ओभरमा ३ विकेट लिएर १९ रन दिएका थिए । प्रकाश जैशीले २, सुवास ऐर र नरेन भट्टले १÷१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रदीप चन्द चुनिए । सर्वाधिक छक्काको अवार्ड प्रदीप चन्द र वीरेन्द्र नाथले पाउँदा गेम चेन्जर अवार्ड पनि वीरेन्द्र नाथले नै पाए । प्रतियोगिता अन्तर्गत भोली सोमबार पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउस प्रतिस्पर्धा गर्ने छन् ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त