"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालबालिकाको मुखमा हात हाल्ने बानीले स्वास्थ्यमा पार्ने असर

No data was found

Khabar Raftar

एजेन्सी ।
प्यारेन्टिङ फस्टक्राइ
सबै बालबालिकाको मुखमा हात हाल्ने वा औंला चुस्ने बानी हुन्छ। हात सफा भए यसले असर गर्दैन। परिवारले यसमा निकै ध्यान दिनु पर्छ । बालबालिकालाई भेट्न जाँदा केही न केही उपहार लिएर जाने प्रचलन छ । उसप्रति आत्मीयता दर्शाउनका लागि बच्चाकै हातमा थमाउने पनि
गरिन्छ । सानो बच्चाले अरुले दिएको हरेक उपहार ‘खानेकुरा’ सोच्छ र मुखमा लिन्छ ।
यसैगरी तीन–चार महिनाको उमेरदेखि शिशुले आफूले भेटेका हरेक कुरालाई मुखमा हाल्न थाल्छ । दुई वर्षसम्म यो बानी रहन्छ । यही बानी कतिपयले ठूलो भएपछि पनि नियमित गरिरहेका हुन्छन् । माटो, ढुंगा, चक, अंगार, कागज, साबुन, गिलास, कपाल, आइस लगायतका चिजहरु मुखमा हाल्ने बानी हुन्छ कतिपयको । यसरी सामान मुखमा राख्ने बानीले उनीहरुको स्वास्थ्यमा गम्भीर हानी गरिरहेको
हुन्छ । यस्तो आदतले रासायनिक र यान्त्रिक रुपमा उनीहरुको स्वास्थ्यमा त असर गर्छ नै । त्यो बाहेक घाँटीमा अड्काउने वा निल्ने खतरा हुन्छ । मुखभित्र सामान अड्किदा वा निल्दा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, वान्ता आउने र बेहोस हुने गर्छन् । बालबालिका खेलौनाका स–साना अंश, टाँक, धागो, गुच्छा, सिक्का निल्दा उनीरुको ज्यान नै जाने खतरा हुन्छ । सियो, सिसा, व्याट्रीका टुक्रा पेटभित्र पस्दा पेट छेड्ने, संक्रमण लगायत गम्भीर स्वास्थ्यसम्बन्धि समस्या उत्पन्न हुन सक्छन् ।
असरहरु
माटोः बालबालिकाले माटो तथा धुलो मुखमा राख्नु एउटा सामान्य कुरा हो । यसले उनीहरुको रोग प्रतिरोधात्मक प्रणालीलाई मजबुत बनाउन सहयोग नै गर्छ । तर, धेरै फोहर माटोले विभिन्न प्रकारका रोगहरु नित्याउँछ । प्रदूषित माटोले शरिरमा संक्रमण बढाउँछ । परजीवि र तिनका अन्डा बालबालिको शरीरमा छिर्ने तथा पेटमा बढ्ने खतरा हुन्छ । विषादी र लिडले पखला लाग्ने, भोक नलाग्ने र पेट दुख्ने समस्या हुन्छ ।
सिक्काः सिक्का सबैभन्दा बढी निल्ने बस्तु हो । सिक्का निल्दा वान्ता आउने, खोकी लाग्ने र श्वास–प्रश्वासमा समस्या आउछ ।
भुइँमा खसेको खानाः भुइँमा खसेको खाना खाने सवालमा अधिकांशले पाँच सेकेन्ड नियम पालना गर्छन्। पाँच सेकेन्डभित्रै भुइँमा खसेको खाना खाँदा केही नहुने साझा सोच रहेको छ । पाँच सेकेन्डपछि भुइँमा खसेको खानेकुरामा ९९ प्रतिशत ब्याक्टेरिया सर्ने विभिन्न अध्ययनले देखाएका
छन् । त्यस्तै भुइँमा खसेको चीज कति संक्रमण भयो भन्ने कुरा खसेको चीज र भुइँ कति फोहर थियो भन्ने कुरामा पनि निर्भर हुन्छ। काठ वा भिरालो भागमा भन्दा कार्पेटमा खसेको खानेकुरामा न्यून ब्याक्टेरिया हुन्छ ।
खेलौना र धातुका गरहनाः बालबालिकालाई निश्चय उमेर सुहाउँदो खेलौना किन्नु बुद्धिमानी
हुनेछ । खेलौनाको स–साना अशंले बालबालिकालाई काट्ने तथा चोट पुर्याउन सक्छ । खेलौनामा फोहर टाँसिएमा त्यसले बालबालिकालाई ब्याक्टेरिया सार्न सक्छ । प्लाष्टिकका खेलौना चपाउँदा यसको रसायन फैलिने र त्यसले शरीरमा गम्भीर हानी गर्ने गर्छ । लीडले स्नायु प्रणालीमा उत्तेजना पैदा गर्छ । यसले नशा, रगत, मुटु र किड्नीमा अशर गर्छ ।
पेन्सिल, चक, र चित्र बनाउने उपकरणः कतिपय बालबालिकाले पेन्सिलको चुच्चो टोक्ने गर्छन् । अधिकांश मानिसहरुको यो विश्वास छ कि पेन्सिलमा लीड हुँदैन । तर, सिसाकलममा थोरै भए पनि हानिकारक लिड हुन्छ । अधिकांश सिसाकलम ग्रेफाईट र माटोबाट बनेका हुन्छन्। सिसाकलम टोक्दा सिसाकलम रंग्याउन प्रयोग गरिने रंग समेत बालबालिकाले खाने खतरा हुन्छ ।
बेलुनः खेल्दाखेरी अधिकांश बालबालिकाले मुखमा बेलुन राख्ने गर्छन् । कतिपय बालबालिकाले त बेलुनलाई चबाउछन् ।
निरन्तर रुपमा बेलुन फुक्दा बेन्जिन, साइलेनी फटालेट्स जस्ता संक्रमणको खतरा हुन्छ । बेन्जिनमा क्यान्सर उत्पन्न गर्ने तत्व हुन्छ भने साइलेनले भने दिमागको नशा र हर्मनलाई नै असर गरिदिन्छ । यसले प्रजनन स्वास्थ्यमा असन्तुलन ल्याउनुका साथै डीएनएलाई हानी गर्छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत