फागुन ०८ धनगढी । आईतबार सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४२ जनाको एन्टिजेन र २२ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १३ जना पुगेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । उनीहरु मध्ये २० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ भने अन्य सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
Post Views: 128