फागुन ०८ काठमाण्डौ । देशभर थप २ सय ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १५ जनाको नमूना परीक्षण गर्दा २ सय ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी १ हजार ३ सय ३८ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आईतबार ३३ हजार २ सय ५४ जनाले कोरोना खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर १२ हजार २ सय ४४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 81