"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा कांग्रेस बिपी गठन

No data was found

Khabar Raftar

फागुन ०५ डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउबाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस विपी गठन गरिएको छ । विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएर तिलक हमालको संयोजकत्वमा डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) गठन गरिएको हो । जिल्ला सदरमुकाम डडेल्धुरामा बुधबार हमालको संयोजकत्वमा नेपाली काग्रेस विपी गठन गरिएको हो । नेपाली कांग्रेस बिपीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएको बताउदै जिल्लामा छिट्टै कार्य समिति विस्तार गरिने बताउनु भयो । हमाल नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला कार्य समिति सदस्य हुन् ।

No data was found

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला रहेको डडेल्धुरामा पछिल्लो समय कांग्रेस भित्र विवाद देखिँदै आएको छ । गुट–उपगुटमा विभाजित डडेल्धुरा कांग्रेस अन्ततः फुटको संघारमा पुगेको छ । कांग्रेसको १४औं महाधिवेशनमा समेत देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गरेको आरोप लगाउदै असन्तुष्ट पक्षले पुनः जिल्ला अधिबेसनको माग गर्दै केन्द्रिय कार्यालयमा समेत धर्ना दिएका थिए । पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्षधर अझै पनि रूष्ट रहेको छ ।

विपी कांग्रेसको संयोजकको जिम्मेवारी पाएका हमालले नेपाली कांग्रेस ठेकेदारको पार्टी भइसकेकाले पार्टी छाडेको बताएका छन् । उनले नेपाली कांग्रेस गरिबको पार्टी नभएर ठेकेदार र धनीको पार्टी भइसकेको आरोप लगाउदै लामो समय देखि कांग्रेसको इमान्दार कार्यकर्ता भएर बसेको भए पनि नेपाली कांग्रेसले बिपीको समाजवाद बिर्सेर अलग बाटो रोजे पछि नेपाली कांग्रेस बिपीमा लागेको जानकारी गराए ।

उनले पार्टीका लागि अहोरात्र खटिने बताउदै ‘व्यक्तिले पार्टीलाई सञ्चालन गर्न थालेकाले, बिपीको समाजवाद हराएकाले पार्टी छाडेको बताए । त्यो पार्टीमा बिपीको समाजवादको परिकल्पना गर्न सकिनँ,’ ‘नेपाली कांग्रेस बिपीको विचार मन प¥यो र यो पार्टीमा प्रबेश गरे उनले भने ।

विशुद्ध समाज सेवा गर्नेले मात्र राजनीति गर्नुपर्ने र राजनीति पेशा नभएको जिकिर गर्दै उनले नेपाली कांग्रेस शेरबहादुर देउवाको खल्तीको पार्टी भएका कारण आफूले कांग्रेस पार्टी छाडेको बताउनु भयो । ‘कांग्रेसका हामी दुःखी कार्यकर्ता हौं, घाँटी रेटीएका कार्यकर्ता हौं, त्यसैले पार्टी छाडेका हौं ।
कांग्रेसको इमान्दार कार्यकर्ता भएका कारण माओवादीको डरले गाउँ छोड्न बाध्य भयौं,’तर हामीजस्ता ईमानदार कार्यकर्तालाई बाहिर पठाएर देउवाले ठेकेदारको पार्टी बनाए उनले भने ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ