"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

युक्रेनको सीमाबाट रुसी सेना फिर्ता भएको छैन ः अमेरिका

No data was found

Khabar Raftar

ऐजेन्सी । अमेरिकाले युक्रेनको सीमाबाट सेना फिर्ता गरेको रुसी घोषणा सही नभएको बताएको छ ।अमेरिकाका एक वरिष्ठ अधिकारीले सेना फिर्ता गरेको रुसको दाबी गलत भएको बताएका हुन् । ती अधिकारीका अनुसार रुसले युक्रेनको सिमानामा केही दिनयता थप सात हजार सेना तैनाथ गरेको छ । थप सेना तैनाथीले रुसी दाबीलाई गलत साबित गरेको उनको भनाइ थियो ।त्यस्तै, उनले रुसले नक्कली बहाना बनाएर युक्रेनमा कुनै पनि बेला हमला गर्न सक्ने चेतावनीसमेत दिएका
छन् । कूटनीतिका लागि खुला रहेको भ्लादिमिर पुटिनको भनाइ नक्कली बहाना मात्रै भएको पनि उनको भनाइ थियो ।‘हाल हामीलाई प्राप्त हरेक जानकारीले उनीहरूले मुखले मात्रै वार्ता गर्ने कुरा गरेको र तनाव कम भएको दाबी गरेको देखाउँछ, तर गोप्य रुपमा युद्धका लागि सेना परिचालन गरिरहेका छन्’, ती अधिकारीलाई उदृत गर्दै सीएनएनले लेखेको छ ।

No data was found

त्यस्तै, नेटो गठबन्धनले समेत युक्रेनी सीमाबाट रुसी फौज फिर्ता भएको खबरप्रति आशंका व्यक्त गरेको छ । नेटोले रुसलाई युक्रेनी सिमाना नजिकै तैनाथ फौज फिर्ता भएको प्रमाण देखाउन भनेको छ । नेटो गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी फौज फिर्ता भएको कुराप्रति आशंका व्यक्त गरेका छन् । उनले बुधबार ब्रसेल्समा नेटो राष्ट्रका रक्षामन्त्रीको बैठक सुरु हुने बेला पत्रकारसँग कुरा गर्दै अझै पनि रुसले युक्रेनी सिमानामा फौज बढाइरहेको बताए । ‘रुसी सेना फिर्ता भयो÷भएन भनेर प्रस्ट भइसकेको छैन’, स्टोल्टेनबर्गले भने, ‘हामीले उनीहरूले फौजको संख्या बढाएको र थप फौज आउँदै गरेको मात्रै देखेका छौं ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत हालसम्म आफ्नो मुलुकको सिमानाबाट रुसी सेना फिर्ता नभएको बताएका छन् ।‘हामीले जे देखेका छौं त्यही भन्छौं र हालसम्म फौज फिर्ता भएको छैन’, जेलेन्स्कीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
मंगलबार रुसले युक्रेनको सिमानाबाट पहिलो पटक आफ्ना सेना फिर्ता भएको घोषणा गरेको थियो । उक्त घोषणा गरेको एक दिनपछि उसले क्राइमियामा तैनाथ सैन्य अभ्यास समाप्त भएको र आफ्ना सैनिक फर्किएको बताएको छ । तर, नेटो गठबन्धनले युक्रेनी सिमानाबाट फौज फिर्ता भएको कुनै प्रमाण नदेखिएको बरू रुसले हमला गर्ने थप तयारी गरेको बताएको हो ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ