"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलाको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव

No data was found

Khabar Raftar

फागुन ०४ दार्चुला । सडक सञ्जालसँग नजोडिएकोे दार्चुलाको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत वर्षको खडेरीका कारण उत्पादन घटेपछि यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । सात हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखो रहेका छन ।
पाखो जमिनमा उत्पादन भएको अन्नले तीन महिना पनि खान नपुग्ने अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीले जानकारी गराउदै अहिले उत्पादित अन्न सकिएको बताए ।

गाउँका अधिकांशले महँगो मूल्यमा खाद्यान्न किनेर खानुपर्ने अवस्था आएको उनले बताउदै गत वर्ष यार्सागुम्बा पनि राम्रो नभएको जानकारी गराए । ेउनले गाउँको उत्पादनले नपुगेपछि व्यापारीबाट महँगो मूल्यमा खाद्यान्न खानुपर्दा निकै समस्या भएको जानकारी गराए ।

खाद्य संस्थानले चालू आर्थिक वर्षमा खाद्यान्नको कोटा घटाएर पठाउँदा समस्या भएको बताउदै उनले गत वर्षसम्म दुई हजार ५ सय देखि तीन हजार सम्म क्विन्टल खाद्यान्न आउने गरेको खाद्य संस्थान खण्डेश्वरीका नरभानसिंह ठेकरेले जानकारी गराउनु भयो । उनले यस वर्ष एक हजार क्विन्टल मात्रै खाद्यान्न पठाए पछि समस्या भएको जानकारी गराउदै पहिले पठाएको एक हजार क्विन्टल खाद्यान्न सकिएको बताउनु भयो ।

गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मार्फत पहल भए पछि थप ५ सय क्विन्टल खाद्यान्न आउने भएको उनले जानकारी गराउदै चामल भन्दा गहुँको माग धेरै भएको बताउनु भयो । उनले खडेरीका कारण यस क्षेत्रमा भोकमरीको अवस्था सिर्जना हुने देखिएको जानकारी गराउनु भयो ।

गाउँपालिकाले अपि हिमालका लागि चालू वर्षमा थप पाँच हजार क्विन्टल खाद्यान्न कोटा थप्न आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी गराउनु भयो । उनले दुई महिना अघि नै थप पाँच हजार क्विन्टल खाद्यान्न थप गर्न आग्रह गरेको बताउदै अहिले सम्म खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट कुर्नै जानकारी नआएको बताउनु भयो ।

अपि हिमालको वडा नम्बर ५ मकरीगाड सम्म मात्रै सडकको ट्र्याक खुलेको जानकारी गराउदै उनले जनता खान नपाउने अवस्थामा पुगेको बताउनु भयो । त्यस भन्दा माथिल्लो क्षेत्रका चार वडामा सडक नपुुगेकाले त्यो क्षेत्रमा ढुवानी भाडा महँगो भएकाले व्यापारिबाट चामल किन्दा खाद्यान्नको भन्दा निकै महँगो हुने गरेको उनले जानकारी गराए ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन