"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दार्चुलाको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव

Khabar Raftar

फागुन ०४ दार्चुला । सडक सञ्जालसँग नजोडिएकोे दार्चुलाको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत वर्षको खडेरीका कारण उत्पादन घटेपछि यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । सात हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखो रहेका छन ।
पाखो जमिनमा उत्पादन भएको अन्नले तीन महिना पनि खान नपुग्ने अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीले जानकारी गराउदै अहिले उत्पादित अन्न सकिएको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गाउँका अधिकांशले महँगो मूल्यमा खाद्यान्न किनेर खानुपर्ने अवस्था आएको उनले बताउदै गत वर्ष यार्सागुम्बा पनि राम्रो नभएको जानकारी गराए । ेउनले गाउँको उत्पादनले नपुगेपछि व्यापारीबाट महँगो मूल्यमा खाद्यान्न खानुपर्दा निकै समस्या भएको जानकारी गराए ।

खाद्य संस्थानले चालू आर्थिक वर्षमा खाद्यान्नको कोटा घटाएर पठाउँदा समस्या भएको बताउदै उनले गत वर्षसम्म दुई हजार ५ सय देखि तीन हजार सम्म क्विन्टल खाद्यान्न आउने गरेको खाद्य संस्थान खण्डेश्वरीका नरभानसिंह ठेकरेले जानकारी गराउनु भयो । उनले यस वर्ष एक हजार क्विन्टल मात्रै खाद्यान्न पठाए पछि समस्या भएको जानकारी गराउदै पहिले पठाएको एक हजार क्विन्टल खाद्यान्न सकिएको बताउनु भयो ।

गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मार्फत पहल भए पछि थप ५ सय क्विन्टल खाद्यान्न आउने भएको उनले जानकारी गराउदै चामल भन्दा गहुँको माग धेरै भएको बताउनु भयो । उनले खडेरीका कारण यस क्षेत्रमा भोकमरीको अवस्था सिर्जना हुने देखिएको जानकारी गराउनु भयो ।

गाउँपालिकाले अपि हिमालका लागि चालू वर्षमा थप पाँच हजार क्विन्टल खाद्यान्न कोटा थप्न आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी गराउनु भयो । उनले दुई महिना अघि नै थप पाँच हजार क्विन्टल खाद्यान्न थप गर्न आग्रह गरेको बताउदै अहिले सम्म खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट कुर्नै जानकारी नआएको बताउनु भयो ।

अपि हिमालको वडा नम्बर ५ मकरीगाड सम्म मात्रै सडकको ट्र्याक खुलेको जानकारी गराउदै उनले जनता खान नपाउने अवस्थामा पुगेको बताउनु भयो । त्यस भन्दा माथिल्लो क्षेत्रका चार वडामा सडक नपुुगेकाले त्यो क्षेत्रमा ढुवानी भाडा महँगो भएकाले व्यापारिबाट चामल किन्दा खाद्यान्नको भन्दा निकै महँगो हुने गरेको उनले जानकारी गराए ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने