"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय सात महिना देखि प्रमुख वीहिन

No data was found

Khabar Raftar

फागुन ०३ धनगढी । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी सात महिना देखि कार्यालय विहिन बनेको छ । कार्यालय प्रमुख नहुँदा बजार अनुगमनमा पनि समस्या भएको छ ।
कार्यालय प्रमुख कमल बहादुर पुनमगरको कार्यकाल सकिए पछि गत साउन ६ गते देखि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी प्रमुख विहिन बनेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा उप सचिवको दरबन्दी हुनु पर्ने भए पनि अहिले सम्म त्यसको परिपुर्ति हुन नसकेको वाणिज्य कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख ललित प्रसाद पन्तले जानकारी गराउनु भयो । उनले लामो समय सम्म कार्यालय प्रमुख नहुँदा बजार अनुगमन प्रभावित भएको बताउनु भयो ।

उनले कार्यालय प्रमुख नहुँदा बजार अनुगमनमा केवल खाद्यवस्तुको अनुगमन तथा निरीक्षण मात्रै भइरहेको जानकारी गराउनु भयो । उनले अनुगमनका क्रममा अखाद्य बस्तु फेला परेमा वा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यवसायीमाथि कारबाही तथा जरिवाना गर्न समस्या भइरहेको बताउनु भयो । उनले शाखा अधिकृत स्तरको रूपमा कैलालीको जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज उपाध्याय पदस्थापन भैसकेको जानकारी गराउदै तर हाजिर भने नभएको बताउनु भयो ।
चालु आर्थिक वर्षको पौष महिना सम्म कस्मेटिक, माछा मासु पसल, किराना तथा खाद्य फर्महरू गरी २ सय ३४ फर्महरुको अनुगमन गरिएको जानकारी गराउनु भयो । जस मध्ये ८४ वटा फर्म सामान्य अवस्थामा पाइएकोमा १ सय ५० वटा फर्मलाई सामान्य निर्देशन दिइएको उनले जानकारी गराए ।
उनले कस्मेटिक, अवैध सुर्तीजन्य पदार्थ, खाद्यान्न तथा पेन्ट लगायतका अखाद्य बस्तु जफत गरी ४ लाख ४४ हजार ४ सय ५६ मूल्यका सामान नष्ट गरिएको जानकारी गराउनु भयो ।

त्यस्तैगरी माघ मसान्त सम्ममा १९ वटा औषधी पसल, १४ वटा किराना पसल कस्मेटिक पसल, हार्डवेयर तथा ३ वटा दाना उद्योगमा अनुगमन गरिएको निमित्त कार्यालय प्रमुख पन्तले जानकारी गराउनु भयो । उनले यहि समयमा १५ हजार ९ सय ७० रुपैया मूल्य बराबरको सामान जफत गरी नष्ट गरिएको जानकारी गराउनु भयो । त्यसैगरी कार्यालयका लेखा अधिकृत राम सिह भूलले कार्यालय प्रमुख एक दुई दिनमा आई पुग्ने जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत