"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको झलारीमा दर्ता नगरी अस्पताल सञ्चालनमा, सरकारी निकाय मौन

No data was found

Khabar Raftar

फागुन ०२ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारी बजारमा अबैध रुपकमा अस्पताल सञ्चालन भईरहेको पाईएको छ । सरकारी निकायबाट अनुमति नलिएर एक वर्ष देखि टी एण्ड सी अस्पताल अबैध रुपमा सञ्चालन भईरहेको पाईएको हो ।
सरकारी निकायबाट अनुमति नलिएर अस्पताल सञ्चालन हुँँदा समेत सरकारी निकाय मौन देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरमा अस्पताल दर्ताका लागि फाईल पेश भए पनि भवनको क्षेत्र, ओपीडी, पार्किङ, आफ्नै फोहरमैला व्यवस्थापन केन्द्र र निर्धारित बेडको व्यवस्थासँगै आवश्यक जनशक्तिको व्यवस्थापन नगर्दा अस्पताल दर्ता हुन सकेको छैन । स्वास्थ्य कार्यालयका अस्पताल दर्ता फाँटका कर्मचारी कपिल जोशीले टी एण्ड सी अस्पतालका सञ्चालकलाई न्यूनतम मापदण्ड पूरा गरेर मात्रै आउन भने पनि सञ्चालक सम्पर्कमा नआएको बताएका छन ।

‘अस्पतालको फाइल पेश गरेकै बेला न्यूनतम मापदण्ड पूरा गर्न भनेको बताउदै उनले फेरी सम्पर्कमै नआएको बताए । निश्चित प्रक्रिया पूरा नगरि अस्पताल सञ्चालनको अनुमति दिन नसकिने बताउदै उनले अस्पताल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरेपछि हुने अनुगमनका क्रममा सबै प्रक्रिया पूरा गरेको पाइए मात्रै सञ्चालनको अनुमति दिइने बताउनु भयो ।

जोशीले कम्पनी रजिष्ट्रारको कार्यालयमा अस्पताल दर्ता भए पनि अस्पताल सञ्चालनका लागि हाल सम्म अस्थायी अनुमति समेत नपाएको जानकारी     गराए ।
टी एण्ड सी अस्पतालका संचालका तथा डाक्टर फुलराम चौधरीले अस्पताल दर्ता प्रक्रियामा रहेकोे बताउदै माथिल्लो निकायको नीति नियमका कारण अस्पताल दर्ता प्रक्रियामा ढिलाइ भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका कोही पनि पदाधिकारी अनुगमनमा नआएकाले अनुमति प्रक्रियामा ढिलाइ भएको उनले जानकारी गराए । अस्पतालको अनुगमनका लागि माथिल्लो निकायबाट अनुगमन गरिनु पर्ने बताउदै उनले हालसम्म कोही नआएकाले अस्पताल दर्ता प्रक्रियामा ढिलाइ भएको बताए । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले स्थानीय शासन सञ्चालन ऐन २०७४ मा १५ शैयासम्मको अस्पताल, क्लिनिक नगरपालिकाले दर्ता गर्ने र जनस्वास्थ्य सेवा ऐन २०७५ को नियमावली २०७६ ले २५ शैयासम्मको अस्पताल स्वास्थ्य कार्यालयले दर्ता गर्ने प्रावधान रहेको जानकारी गराउनु भयो । सञ्चालन अनुमति नलिई सञ्चान भएको अबैध अस्पतालले विरामीबाट उपचारको नाममा चर्को मूल्य असुल्दै आएको उपचारका लागि आउने विरामीहरुले गुनासो गरेका छन ।

सामान्य किसिमका विरामीलाई समेत शै्यामा भर्ना गराएर शुल्क लिने गरिएको उनिहरुले आरोप लगाएका छन । अस्पतालजन्य फोहर व्यवस्थापनको कार्य समेत सन्तोषजनक नभएको स्थानीयले बताएका छन ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण