फागुन ०२ धनगढी । कैलालीको गोदावरी नगरपालिकाले एकैपटक ३५ जना कर्मचारी करारमा छनौट गरेको छ ।
नगरपालिकाले आवेदन माग गरेको करिब ६ महिना पछि आवेदक मध्ये ३५ जना कर्मचारी छनौट गरेको हो ।
साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेको थियो । नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर, ५ कार्यालय सहयोगी, १ जना फार्मेसी सहायक, १ जना रिसेप्सनिष्ट, ५ जना ल्याब असिस्टेण्ट, ५ जना अहेब, ७ जना अनमी, १ जना भ्याकु लोडर र ३ जना स्वीपरका लागि छनौट गरेको हो ।
Post Views: 110