फागुन ०२ कञ्चनपुर । कञ्चनपुरमा विवाहको दाइजो बोकेको जीप दुर्घना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परी कैलालीको कैलारी गाउँपालिका वडा नम्बर१ का ४० वर्षीय धनिराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी र ४६ वर्षीय भर्खरे चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।
आइतबार राति पुनर्वास नगरपालिका वडा नम्बर ११ मा बेलौरीबाट मसुरीयातर्फ जाँदै गरेको सुपप्र ०१००१ च २९२६ नम्बरको पिकअप जीप दुर्घटना भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार जीप आफै अनियन्त्रित भई पल्टिन गएको हो। उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ
Post Views: 194