"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हिमपातले निम्त्याएको भोकमरी समाधान गर्न साईपालमा चामल ढुवानी

No data was found

Khabar Raftar

प्रदिप मलासी,फागुन ०१ बझाङ्ग । मौसम परिवर्तन पछि लगातार ३ दिन आएको वर्षा संगैको हिमपाते निम्तिएको भोकमरी समस्या समाधान गर्न आइतवार चामल ढुवानी गरेको छ । बझाङ्गको उच्च हिमाली गाउपालिका साईपाल गाउपालिमा दैनिक दुई छाक खान चामलको अभावका कारण निम्तिएको भोकमरी लाई मध्येनजर गर्दै आज नेपाली सेनाको हेलिकप्टर मार्फत ५९ कुन्डल ७० केजी चामल ढुवानी गरिएको हो । ५ वटा वडा र ५ हजार जनङसंख्या रहेको यस गाउपालिकामा सडक सन्जाल नजोडिएका कारण यातायातको व्यवस्था नभएकै कारण प्राय जसो दैनिक उपभोग्य सामान ढुवानी गर्न निकै समस्या हुने गरेको छ । जिल्लाका बाह्र वटा स्थानीय तहमा सडक संजाल संग जोडिन नसकेको यस गाउपालिमा हिउदो समयमा उच्च हिमपात हुने र भेडा खच्चरको बाटो सहित अबरोध हुने भएकाले यस पालिकाका स्थानीय लाई भोकमरी हुने प्राय समस्या हो ।
साईपाल गाउपालिकाको बिशेष पहलमा नेपाल सरकार गृह मन्त्रालयको र्निदेशनमा साईपाल गाउपालिकाको काँडा चामल डिपोमा ३० केजीको ६४ कट्टा,धुली डिपोमा ६७ कट्टा र निउनामा ६८ कट्टा प्रति केजी ५० रुपिया पर्ने गरि अनुदानको मसिनो चामल ढुवानी गरेको हो ।
जिल्ला प्रसाशन कार्यालय बझाङ्ग मार्फत उधोग वाणिज्यतथा आपूर्ति मन्त्रालय सिंहदरवार काठमाडौ लाई भोकमरी समस्या समाधान गर्न गाउपालिका उपाध्यक्ष कल्पना देवी बोहराको हस्ताक्षर खाद्यान्न ढुवानी गर्न माघ २५ गते बुझाईएको पत्रलाई सम्बन्धित मन्त्रालयले ध्यानमा राखि आजै गाउपालिकाका बिभिन्न बस्तिमा चामल पुर्याएकोमा जिल्ला प्रसाशन कार्यालय बझाङ्ग लाई नेपाली काँग्रेस गाउपालिका सभापति राम बहादुर बोहराले धन्यवाद व्यक्त गरेका छन । जिल्ला सदरमुकाम चैनपुर वाट ३२ कोष टाढाको बाँकी २ पेजमा
पैदल बाटोकै कारण हिउलमा हिमपात र बर्खामा झरिकै कारण बाटोघाटो अवरोध हुने र भोकमरी समस्या सदैव झेलि राख्नु पर्ने साईपाल बासीको समस्या समाधानमा पालिका सधै चिन्तित हुदै आएकोले यस वर्ष पनि सो समस्या आज हेलिकप्टर मार्फत भए पनि समाधान गर्न सफल भएको साईपाल गाउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताएका छन । तत्कालको समस्या आइतवारको ढुवानी गरिएको चामल वाट हुने भए पनि फेरि यो समस्या नआउन दिन पालिका लाई आवाश्यक पर्ने जति सबै कोटा पुरा गर्न पालिका हरेक निकाय संग निरन्तर समन्वय र सहकार्यमा लागि रहने र यो भोकमरी रोक्न आआफनो तहतप्का वाट सहयोग गर्ने लाई पालिका अध्यक्ष धामीले धन्यवाद दिएका छन ।
भोकमरीको लामो समस्या महसुस गर्न नपाउदै चामलको व्यवस्थापनमा स्थानीय सरकारले बिशेष पहल चालि साईपाल बासीलाई ठुलो सहयोग गरेकोमा यो अतुलनिय कार्य प्रति गाउपालिका धन्यवाद दिदै आगामी दिनमा पनि समस्या नआउन दिन एककिृत नेकपा माओवादी केन्द्र गाउ कमिटी अध्यक्ष शेर बहादुर बोहराले आग्रह गरेका छन ।
राष्टिूय गौरवको योजना अन्तर गत गरेको चैनपुर ताक्लाकोट सडक खण्डको निर्माण कार्यमा ढिलासुस्तीका कारण साईपाल गाउपालिका सडक यातायात संग जोडिन नपाएकै कारण वर्सेनी भोकमरीकै समस्या झेल्दै आएका साईपाल बासीको एक अर्को ठुलो समस्या चैनपुर ताक्लाकोट सडक खण्डको निर्माण कार्य हो ।
बहुमुल्य जडिबुढी र प्राकृतिक सौन्दर्यताको खानी साईपाल आफैमा भरिपूर्ण भए पनि बिकासका गतिबिधिमा राज्यको कछुवा गतिले साईपाल वासीले शिक्षा, स्वास्थ्थ, संचार, यातायात,र उब्जनी कम हुने भुभागकै कारण भोकमरी लगाएतका समस्या हरेक वर्ष झेल्दै आएका छन ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु