"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारले ल्याएको प्रस्ताव रोके सभामुखले राजीनामा दिनुपर्छ : प्रचण्ड

No data was found

Khabar Raftar

फागुन ०१, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको प्रस्ताव सभामुखले रोक्न नमिल्ने बताएका छन् ।

उनले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भनेका छन्, “सभामुखको मत हुन सक्छ तर सरकारले प्रस्ताव ल्याएको अघि बढाउनुपर्छ । उहाँले रोक्न मिल्दैन । मान्नै नसक्ने हो भने अग्नि सापकोटाले राजीनामा दिएर हिँड्नुपर्छ । सरकारले ल्याएको प्रस्ताव रोक्नै मिल्दैन । साह्रै चित्त बुझेन भने राजीनामा दिएर छाडिदिनुपर्छ । सरकारले ल्याएको प्रस्ताव रोक्नुहुँदैन ।”

उनले अहिलेको अवस्थामा एमसीसी परिमार्जनविना पारित गर्न नसकिने स्पष्ट पारे । तर प्रधानमन्त्रीले यही अवस्थामा प्रस्ताव ल्याएमा आफूहरु सरकारमा नरहने पनि स्पष्ट पारे ।

“हाम्रो चाहना सहमति होस् भन्ने हो । तर प्रधानमन्त्रीले चाहनुभयो भने टेबुल हुन्छ,” उनले भने, “सहमति र संशोधनबिना टेबुल नगरौँ भन्ने हाम्रो मत हो । तर प्रधानमन्त्रीले टेबुल गर्छु भन्नुभयो भने हुन्छ । तर हामी पक्षमा जान सक्दैनौँ । त्यसपछि विरोधमा बहस गर्छौँ ।

त्यो अवस्थामा के हुन्छ भने हामी नैतिकरुपले सरकारमा बस्न मिल्दैन । हामीले गठबन्धन छोड्नुपर्ने अवस्था आउन सक्छ । यहाँ अर्को ढंगले समीकरण बन्न पनि सक्छ ।”

उनले त्यसअघि सभामुखले पनि सर्वदलीय बैठक राखेर निकास निकाल्ने प्रयास गर्ने बताए ।

“त्यस्तो अवस्थामा हामी विपक्षमा मतदान गर्छौँ त्यो अवस्थामा हामी सरकारमा रहँदैनाँै,” उनले भने, “हामी अहिले कुनै हालतमा पक्षमा उभिदैनौँ । विरोधमा रहन्छौँ ।”

एमसीसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा अहिले जे थियो त्यही रहेको र आफूहरुको धारणा पनि पहिलेदेखि अहिलेसम्म एउटै धारणा रहेको बताए ।

उनले त्यसबेला गठबन्धन जोगाउन पनि कूटनीतिकरुपमा पत्र लेख्नुपरेको बताए । उनले एमसीसी पारित गर्न भनेर गठबन्धन नबनाएको पनि बताएका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान