"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको साइपाल गाउँपालिकामा बर्षेनी खाद्यान्न अभाव

No data was found

Khabar Raftar

प्रदिप मलासी, माघ २९ बझाङ । बझाङ जिल्लाको सबै भन्दा दुर्गम हिमाली गाउँ पालिकाका ेसाइपाल गाउँपालिकामा खाद्यान्नको अभाव भएको छ ।
माघ महिनाको १९ गते राति देखि तीन दिन सम्म लगातार भएको हिमपातका कारण साइपालमा खाद्यान्न अभाव भएको हो ।
काँडामा रहेको खाद्य संस्थानको डिपोमा पनि खाद्यान्न नभए पछि अहिले साइपाल गाउँपालिकाको तीन वटा वडाका झण्डै तीन सय परिवार खाद्य संंकटमा परेको साइपाल गाउँपालिका वडा नम्बर– ३ का स्थानीय उज्वल बोहराले बताए ।
गाउँपालिकाको वडा नम्बर ५ न्युना र बलौढीका १ सय ३६ परिवार मध्ये १ सय १५ परिवार, वडा नम्बर ४ धुलीका ८२ परिवार र वडा नम्बर ३ काँडाका १ सय ४० परिवार मध्ये १ सय २१ परिवार गरी २ सय ६१ परिवार खाद्य संकटमा परेका     छन् ।

अघिल्लो हप्ता हिमपात भए पछि साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था आएको स्थानीय  बोहराको भनाइ छ ।  साइपाल गाउँपालिकामा अहिले ४ फिट भन्दा बढी हिउँ जमेको छ । एक गाउँबाट अर्काे गाउँ जान पनि समस्या भएका कारण गाउँपालिकामा खाद्यान्न अभाव भएको साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहराले
बताइन् । उनले गाउँपालिकामा भोकमरीको अवस्था सिर्जना भएको बताईन । गाउँपालिकाका तीन वटा वडामा चरम खाद्यान्न अभाव भएको र अन्य दुईवटा वडामा पनि खाद्यान्न अभाव भएको छ ।
सरकारले साइपाल वासीका लागी हेलिकप्टर मार्फत् भए पनि खाद्यान्न ढुवानी गर्न आवश्यक रहेको छ । साइपाल गाउँपालिकामा खाद्य संस्थानको डिपो रहेको भए पनि उक्त डिपोमा समेत खाद्यान्न अभाव रहेको छ ।
पुस महिनामा दुई फिट भन्दा बढी हिउँ जमेपछि वडा नंम्बर २ मा खाद्यान्न अभाव भएका कारण डिपोको चामल वितरण गरिएको थियो । डिपोको चामल सकिए पछि त्यसयता साइपाल गाउँपालिकामा चामल ढुवानी हुन सकेको छैन ।
फेरि माघ महिनाको तेस्रो साता भएको हिमपातले झनै समस्या भएको साइपाल गाउँपालिकाका घुरन बोहराले बताए ।

चामल ढुवानी नभएकाले साइपाल गाउँपालिकामा भोकमरीको अवस्था सिर्जना भएको उनले बताए ।
खाद्यान्न अभाव भएको अबश्थामा पालिकाबाटै भए पनि चामल ढुवानी गर्नु पर्ने बताउदै गाउँपालीकाले कुनै चासो नदिएको साइपाल गाउँपालिका वडा नंम्बर ३ का शेर बहादुर बोहराले बताए । उनले गाउँपालिकाले विपदको बेला स्थानीयहरूलाई राहत दिनका लागी ठूलो रकम छुट्याउनु पर्ने भए पनि गाउँपालिकाले ध्यान नदिँदा समस्या भएको बताए ।

साइपाल गाउँपालिकामा चामल ढुवानीका लागी भन्दै ४ लाख रुपैयाँ पुष महिनामा नै ठेकेदारलाई बुझाएको भए पनि ठेकेदारले कुनै चासो नदिएको साइपाल गाउँपालिकाका स्थानीयले बताएका छन् । ४ दिन देखि हिउँ जमेको बाटोमा पैदल हिँडेर चैनपुर पुगेका बिर्ख बोहराले चामलका लागि पैसा दिएको महिना दिन भन्दा बढी भइसकेको भए पनि गाउँमा चामल नपुगेको     बताए । गाउँमा खानलाई चामल छैन ।

जनप्रतिनिधिहरूले पनि कुनै चासो दिएका     छैनन् ।’  जिल्ला सदरमुकाम चैनपुर देखि ४ दिनको पैदल हिँडे पछि मात्र साइपाल गाउँपालिका पुगिन्छ । सडक सञ्जालसँग नजोडिएका कारण साइपाल गाउँपालिकामा खाद्यान्न समस्या बेला बेला हुने गरेको उनले बताए । त्यसैगरी चामल ढुवानीका लागि जिम्मा लिएका जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दल बहादुर विष्टले साइपाल गाउँपालिकामा खाद्यान्न ढुवानी भइसकेको दाबी गरेका छन् ।

साइपाल गाउँपालिकामा यातायात सञ्जाल नभएका कारण भेडाबाख्राबाट चामल ढुवानी गरिसकेको उनले बताए ।  ‘गाउँपालिकाको सबै गाउँका लागि चामल ढुवानी भइरहेको छ । केही स्थानमा चामल पुगिसकेको र केही गाउँका लागि चामल ढुवानी भइरहेको छ । केही दिनमा साइपाल गाउँपालिकाको सबै क्षेत्रमा चामल पुग्ने छ’, उनले भने । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साइपाल गाउँपालिकाका लागि सदरमुकाम चैनपुरबाट चामल ढुवानी भइसकेको छ । बिहीवार मात्र साइपाल गाउँपालिकाको वडा नंम्बर ४ धुलीमा १० बोरा, र लासीका लागि २८ बोरा चामल गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।  उनले दुइ सय भन्दा धेरै परिवारलाई खाद्यान्न अभाव भएको भन्ने जानकारी आएको छ । तर, यति चामलले पर्याप्त भने हुँदैन । आवश्यक चामल ढुवानीको क्रममा रहेको छ । शुक्रवार मात्र जिल्ला सदरमुकाम चैनपुरबाट ९ क्विन्टल चामल साइपाल पठाइएको छ ।

’ यता, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने साइपाल गाउँपालिकामा खाद्यान्न उपलब्ध गराउनका लागि पहल भइरहेको बताएका    छन् ।  गाउँपालिकाले पनि खाद्यान्न अभाव भएको भन्ने जानकारी गराएको र खाद्य संस्थानबाट पनि खाद्यान्न अभाव रहेको जानकारी आएका कारण चामल ढुवानीका लागी प्रदेश र केन्द्रमा परिपत्र गरिसकेको बताए । ‘केही दिनमा नै साइपाल गाउँपालिकामा चामल पुग्छ । तर, हालसम्म गृह मन्त्रालयले अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन । हेलिकप्टर मार्फत् साइपाल गाउँपालिकामा चामल ढुवानीका लागी पहल भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण