"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नब्युझिएको काँग्रेस र विप्लवको टिप्पणी

Khabar Raftar

शेरबहादुर विश्वकर्मा । नेपाली काँग्रेसका एक जना नेता, कैलाली जिल्लाका पुर्व पार्टी सभापति गोविन्दराज जोसीसँग आज भन्दा करिब दुई वर्ष अघि तत्कालिन सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको बेला धनगढी स्थित उनको निवासमा मुलुकको विद्यमान राजनीतिक परिस्थिति, विपिका विचारहरुको उपदेयता, नेपालमाथि भैरहेको विदेशी हस्तक्षेपबारे छोटो सम्बाद गरेका
थियौँ । कुराकानीको क्रममा जोसीले आफ्नो राजनीतिक इतिहासको एउटा प्रसंगलाई यसरी कोट्याएका थिए ः एकपटक किसुनजीले आफुले पार्टी चलाउने क्रममा बिस प्रतिशत इन्डियन एजेण्टहरु कार्यसमितिमा नराखेसम्म पार्टी चल्न दिएनन, फलानो—फलानो मान्छेहरु तँपाईको जिल््लामा पनि इन्डियाको एजेण्टहरु हुन, तिनिहरुलाई जिल्ला कार्यसमितिमा नराखेसम्म तँपाईलाई पनि यहाँ काम गर्न गाह्रो पर्छ भन्नु भएको थियो ।
एजेण्टाहरुले नै सबै पार्टीहरु भरिएका छन , काँग्रेसमा अलि बेसी होलान अन्य बामपन्थी पार्टीहरुमा पनि एजेण्डाहरुको कमि छैन भन्नु भएको थियो।’ बिदेशीहरुले यहाँ कसरी खेलीरहेका छन र उनिहरुको स्वार्थ रक्षा गर्ने कुरामा एजेण्डाहरु कसरी एक हुन्छन भन्ने बारे आफ्नो धारणा राख्ने क्रममा जोसीले फेरी यसो भनेका थिए ‘ बिदेशीहरुको चाहाना पुरा गर्ने कुरामा केपी ओलीजी र देउवाहरु त एकै ठाँउमा देखिय नि !
कहाँ नेर फरक भयो र ! नेताहरु सबै कहि न कहि फसेका
छन ।’ यो पंक्तिकार सँगको कुराकानीमा जोसीले यसरी हाम्रो राजनीति, अर्थतन्त्र, प्रशासन र समग्र समाजका अवयवहरु विदेशी स्वार्थ र चाहानाले तरङगीत र प्रभावित भएका छन, यसबारे गरेको टिप्पणीको यो एउटा प्रतिनिधिमुलक उदाहरण मात्र हो ।
यस्ता थुप्रै र अनगिन्ती उदाहरण पेस गर्न सकिन्छ । कहिलेकाही मुलुकका गन्य मान्य र माथिल्लो तहमा काम गरेका कतिपय जिम्मेवार व्यक्तिहरुले नै अब यो देशमा को को विदेशीका दलाल हुन भनेर खोज्ने भन्दा को को दलाल होईनन भनेर खोज्न सहज भएको भन्ने गरेको तर्कहरु समेत हामीले कैयौँ पटक सुनेका हाँैला ।
हामी यतिवेला एमसीसीरुपी अमेरीकी साम्राज्यवादको नवउपनिवेशिक दाउपेचको पक्ष वा विपक्षमा ध्रु्रविकृत भैरहेको वेला देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको कसरी रक्षा गर्ने भन्ने ऐतिहासिक मोडमा छौँ । नेपाली काँग्रेस र देवाको नेतृत्वमा रहेको सरकार जसरी पनि यम सी सी पास गर्ने ध्याउल्नमा व्यस्त देखिन्छ । एमाले पार्टीले आफ्नो पार्टीगत स्वार्थ र एजेण्टामा गोलमा भद्रगोल गर्ने, पाँच दलिय गठबन्धन फुटाउने र फेरी सत्तासिन हुने चेष्टा गरिरहेको छ । प्रचण्ड माधव नेपालहरु न यसलाई रोक्न सक्षम देखिन्छन नत खुलेआम समर्थक बन्न सकिरहेका छन ।
यो उनिहरुको मध्यमवर्गिय सामाजिक वर्गधार र अवसरवादी सोचको उपच पनि हो । अन्य कैयौँ देशभक्त पार्टी, नेताहरु, बुद्घिजीवि, नागरीक समाज, विद्यार्थी र मजदुर किसानहरु यम.सी.सी. विरुद्को आन्दोलनमा छन । ठिक यही परिस्थितिमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लवले २३ माघ २०७८ मा रातोखवरमा प्रकासित आफ्नो आलेख द्घारा नेपाली काँग्रेसको दलाल आत्मसमर्पणवादी र राष्ट्रघाती रबैया प्रति तिखो टिप्पणी गरेका छन्न । एकातिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्यालाई दिगो समाधान दिन वैज्ञानिक समाजवाद र यसका लागी जनमतसंग्रहको पक्षमा पार्टीले निरन्तर संघर्ष गरिरहेको छ भने अर्कोतिर एमसीसीविरुद्घको संघर्षमा देशभक्त नेपालीहरुको लडाईको नेतृत्व समेत गरिरहेको ने.क.पा. र यसका महासचिव विप्लवको आफ्नो आलेखमा उठाउन गर्न खोज्नुभएका विषयहरु निकै महत्वका छन् ।
एमसीसी र काग्रेसको महाभुल शिर्षकको आलेखको शुरुमै नेपाली काँग्रेसले सरकारको नेतृत्वमा पुगेकोवेला जहिल्यै एक एक ओटा देशविरोधी काम गर्दै आएको र अहिले यम सी सी लाई संसदद्घारा पास गराउन खोज्नु काँग्रेसको महाभुल हुने र यो महाभुलले नेपाली जनता र देशले त नोक्सान खेप्नैपर्छ तर स्वयंम काँग्रेसको अवस्था र भविष्य कता पुग्ने हो त्यो भन्न निकै जटिल छ’ भनेर उल्लेख गर्नुभएको छ । काँग्रेस र यो पार्टीका अघिल्ला पुस्ताका कैयौँ नेताहरु लामो समय जेलहिरासत देखि निर्वासन बसेको इतिहास छ । तीन तीन पटक सशस्त्र संघर्ष समेत उसैको नेतृत्वमा भएको छ । तर बिडम्बना के भने देशको स्वाधिनताको रक्षाको मामलामा काँग्रेसले पटक पटक मुलुकलाई धोका दिएको छ भन्दा अत्युक्ति नहोला । २००० सालमा राजा, राणा र काँग्रेस सम्मिलित त्रिपक्षिय साझेदारी भयो र यसका लागी दिल्ली सम्झौता गरियो । सन १९४९ को असमान सन्धि भयो । प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको पालामा २०११ सालमा कोशि सम्झौता र प्रधानमन्त्री विपिको पालामा २०१६ सालमा गण्डकी सम्झौता भयो र यसैको जगमा नेपाली काँग्रेसलाई अराष्ट्रियतत्व घोषणा गर्दै तत्कालिन राजा महेन्द्रले निदर्लिय पञ्चयातको प्रारम्भ गरे ।
यो परिस्थितिको विचारणीय पक्ष त के छ भने जनताले लडेर ल्याएको सात सालको प्रजातन्त्र स्थिरता प्राप्त नगरिकनै १० वर्ष पछि अर्थात २०१७ सालमा समाप्त भयो तर राजाद्घारा सैनिक बलमा लादिएको पञ्चयात झण्डै तिस वर्ष टिक्यो । दिल्ली सम्झौता पछि नै नेपाल सरकारको मन्त्रीपरिषदको बैठकमा भारतिय दुतको उपस्थिति अनिवार्य हुन गयो ।
२०४६ सालको जनआन्दोलन पछि अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्राई नेतृत्वमा सरकार भएकै वेला भारतसँगको वर्क पर्मिट खारेज गरियो । नेपाली काँग्रेसका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वमा महाकाली सन्धी पछि शारदा व्यारेज टनकपुर र पञ्चेश्वर सहित एकिकृत महाकाली सन्धी भएको थियो । शिक्षा,स्वाथ्य जस्ता आधारभुत अधिकार र राज्यको दायित्व हुनु पर्ने क्षेत्रमा निजिकरण र व्यापारीकरण हुँदै
आएको छ । मुलुकलाई औधोगीकरण गरि रोजगारी सिर्जना र गरिबी न्युनिकरण गर्नुपर्नेमा भएका सरकारी उधोगहरु पनि निजीकरण गर्ने नाममा ध्वँस्त गरियो । नेपालमा सन १८१६ को सुगौली सन्धी, सन १९४९ को नेपाल भारत मैत्री सन्धी, गोर्खा भर्ति केन्द्रको खारेजी, खुल्ला सिमानाको नियमन, नागरिकता ऐन, लगायतका राष्ट्रियता सँग सम्बन्धीत विषयमा पटक पटक संघर्ष हुँदै आईरहेको परिवेशमा गणतन्त्र स्थापना पछि समेत अपरकर्णाली, अरुण तेस्रो सम्झौता लगायतका हरेक जसो सम्झौताहरुमा यो वा त्यो रुपमा नेपाली काँग्रेस चुक्दै आएको छ । देशले र हाम्रो भावी पुुस्ताले समेत मुल्य चुकाउनु पर्ने यसप्रकारका सम्झौताहरु केही पार्टी वा व्यक्तिको अन्तरनिहित स्वार्थले वा एकजनाको स्वार्थले हुने वा ती सम्झौताहरुको दुस्चत्रबाट उम्किन कैयौँ बलिदान र संघर्ष गर्दा समेत नसकिएको तर्क समेत गर्दै महासचिव विप्लवले लेखेका छन् । पाँच वर्षका लागी चुनिएको संसदले लहड, तुच्छ स्वार्थ, विदेशी लाभ र दबावका कारण देशका विरुद्घको कानुन पास गरिदियो भने आउँदो पुस्ताले समेत लडेर फाली नसक्ने बोझ बोक्नुपर्ने स्थिति बन्दै आएको छ ।
जस्तै कोशी सम्झौता एउटा काँग्रेसको स्वार्थले भयो तर देशले लडेर पनि सजीलै फुत्कीन पाएको छैन । गण्डकी र महाकाली पनि त्यस्तै भएको छ । माथिल्लो कर्णाली र अरुण तीनको अवस्था पनि त्यस्तै छ । यम सी सी लादियो भने त्यो भन्दा पनि जब्बर हुनेमा कुनै संका नगरे हुन्छ ।’
हाम्रो देश भुगोल र जनसाङख्यीक दृष्टिले सानो छ, तर प्राकृतिक साधनश्रोत र सम्पदाका दृष्टिले विशाल छ । सामाजिक साँस्कृतिक विविधताहरु छन, तराई, पहाड र हिमाल मात्रै हाईन सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीले भरिभराउँ जल सम्पदाको धनि छ नेपाल । कुनै देशको विकास र समृद्घिको गति छिटो वा ढिलो हुनुमा प्राकृतिक स्रोत र सम्पदाको उपलब्धता निकै महत्वपुर्ण हुन्छ र यसैको जगमा विकासको भौतिक पुर्वाधारहरु रचना गर्न सकिन्छ र समाजलाई उर्जा र गति दिन संभव हुन्छ तर हाम्रा अधिकांस नदिहरु विदेशी बहुराष्ट्रिय कम्पनिको नियन्त्रणमा गईसकेका छन्
। इतिहास र समाजका हरेक बस्तु, सेवा, विचार र पाटाहरुको खास उपयोगिता हुँदोरहेछ । अर्थात एउटै कुराको सर्र्वोपरि प्रयोजन नहुँदो
रहेछ । विचार सिद्घान्त र नायकहरु पनि निश्चित दिक, काल र परिवेश सापेक्ष हुदोरहेछ । कुनैवेला मानवसभ्यतालाई राजा, महाराजा र सम्राटहरु पनि खाँचो परेको थियो
होला । कैयौँ खराब पात्र र व्यक्ति वा विचारहरुका सकारात्मक योगदानहरु पनि कतै फेला पर्न सक्दछन, ती आजको माग र युग सापेक्ष छन वा छेैनन ती बढी महत्वका विषय हुन । पृथ्वी नारायण शाहाको नेतृत्वमा नेपालको भौगोलीक एकिकरण भयको थियो र उनि सामन्त र राजा थिए तर उनको योगदानको स्मरण र चर्चा त गर्न सकिन्छ तर राजतन्त्रलाई पुनस्र्थापना गर्न सम्भव छैन । काँग्रेसले नेपालमा निरंकुशता विरोधी आन्दोलनको अगुवाई गरेको थियो। राजारौँटा उन्मुलन र भुमिसुधारको नारालाई मुखरित थियो ।
तर फेरीएको समाजको आवश्यकता, फेरीयका मुद्घाहरु र जागृत नयाँ पुस्ताको खाँचोलाई पुरा गर्न उसको उपयागिता ह्रास हुँदै गएको हो की ? राष्ट्रिय स्वाधिन्ता, भ्रष्टचार निवारण, जातजातिको मुलप्रवाहीकरण र मुलुकको औधोगीकरण सम्बन्धि कैयौँ समस्या र मुद्घाहरु छन । यी विषयमा सामान्य समर्थक हुनु एउटा कुरा हो तर त्यसैको कार्यान्वयनका लागी आफैलाई तयार तथा ति यजेण्डाका लागी नेतृत्वदायी भ्मिका पुरा गर्न सवल अर्को र भिन्न विषय हुन् ।
इतिहासमा जुन पार्टी र नेतृत्वले आफैलाई जनताको चाहाना र देशको माग विरुद्घ उभ्याय उनिहरुको पतन र विघटन अनिवार्य छ । यसबारे महासचिव विप्लव भन्नुहुन्छ—‘विगत देखि जुन राजनीतिक पार्टी र नेतृत्वले देशको नेतृत्वमा पुगेर जनताप्रति धोका गरेका छन, तिनले उचित समयमा जनताबाट कठोर सजाय पाउँदै आएका छन ।
कैयौँको अस्तित्व नै समाप्त हुने गरेको छ । जस्तो कि चिनको कोभिन्ताङ पार्टीले आफ्नो अस्तित्व नै गुमाउनु पर्यो । भारतमा पुराना भनिने काग्रेस आई, भाकपा माक्र्सवादीले ठुलठुला संकट भोग्नृ परेको छ । नेपाल मै पनि २०१५ सालमा दोस्रो हैसियत भएको प्रजापरिषदको आज नामनिसाना नै छैन । २०४६ पछि तराईमा चर्चा कमायको सद्भावना पार्टी आज
छैन । वास्तवमा नेपाली काँग्रेसले पछिल्लो पटक पायको न्युन जनमत पनि उसले विगतमा गरेका कमिकम्जोरीको कारणले हो र उसलाई संसदिय व्यवस्थाको नियम अनुसार पनि देशको नेतृत्व गर्ने अधिकार जनताले दिएका छैनन । काँग्रेसका नेता रामचन्द्र पौडेलको शब्दमा पनि तालुमा आलु फलेको मात्र हो ।’
एमसीसीलाई संसदबाट जबरजस्त पास गर्ने कुरा जहाँसम्म छ, यसबारे के भन्न सकिन्छ भने संसद र राजनीतिक दल लगायत समाजका विभिन्न सामाजिक संस्थाहरु छन ति सबै समय क्रममामा जन्मिने र सकिने विषय हुन । २००४ साल अघि देशमा कुनै पार्टी र संसद एवं लिखित कान्ुन नै थियन तर पनि देश थियो, जनता र राज्यको सार्वभौमिकता थियो ।
हाम्रो भन्दा फरक प्रणालीहरु पनि अस्तित्वमा छन । देशका तमाम देशभत्त नागरिक देखि आम मेहेनतकस जनता यम सी सी को विरुद्घ आन्दोलित छन तर पनि उनिहरु हाम्रो पैसा लिनै पर्छ भनेर दबाब सिर्जना गरिरहेका छन, र यहाँका शासकहरु आफ्ना मालिकहरु अगाडी नतमस्तक छन ।
निश्चय नै यी तमाम विरोधका बाबजुद पनि एमसीसी पास गर्न बलजफ्ती गर्नै पर्ने उनिहरुका आफ्ना आवश्यकताहरु होलान तर कुनै शक्तिराष्ट्रको आवश्यकता आधारमा हामीले हाम्रो स्वाधीननतालाइ नजर अन्दाज गर्न सकिदैन र मिल्दैन पनि ।
चिनियाँहरु पछिल्लो समयमा विश्वराजनीति र अर्थराजनीतिक हिसाबले उदियमान, प्रभावशालीर निर्णायक बन्न सक्ने सम्भावित परिस्थितिलाई रोक्न, चिनलाई विश्वमै एक्ल्याउने र घेराहाल्न, तथा चिनको फैलिदो प्रभावलाई संकुचन गर्न अमेरिकी हरुलाई इण्डो प्यासिपिक र एमसीसी चाहिएको हो । पञ्चविषता, असंलग्नता,गुट निरपेक्षता, सबै देशहरुसँग सामिप्यता, साम्राज्यवाद र नवउपनिवेशवादको विरोध जस्ता विदेशी नीतिको सिद्घान्त अंगिकार गरिरहेको नेपालले केही पैसा, स्वार्थ र दबाब अगाडी यसप्रकारका रणनैतीक गुटमा सामेल हुनु हाम्रो दिर्घकालिन अस्तित्वका लागी समेत प्रतिउत्पादक सावित हुने छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा