माघ २८, धनगढी । कैलालीमा नेपाली कांग्रेसले फागुनमा जिल्ला अधिवेशन गर्ने भएको छ। फागुन १३ गतेका लागि अधिवेशनको मिति तय भएको कांग्रेस कैलालीले जनाएको छ।
यसअघि कांग्रेसले आन्तरिक तयारी र कोभिडका कारण अधिवेशन स्थगित गर्दै आएको थियो। अहिले कोभिडको संक्रमण दर घटेसँगै अधिवेशन गर्ने तयारी थालिएको बताइएको छ।
Post Views: 134