माघ २७ कञ्चनपुर । गड्डाचौकी भन्सारले चाल आर्थिक वर्ष २०७८÷०७९ को छ महिनामा लक्ष्य भन्दा ५ करोड ७ लाख ५ सय १७ रुपैयाँ बढी राजस्व उठाएको छ ।
कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म लक्ष्य २६ करोड ४ लाख ६ सय लिएकोमा ३२ करोड २ लाख १ सय १७ रुपैयाँ राजश्व उठाएको र जुन लक्ष्य भन्दा १ सय २१ प्रतिशत बढी राजस्व उठाएको हो ।
पुस महिना देखि साइकलमा समान बोक्नेहरूका कारण राजश्वमा केही कमी आउन थालेको भन्सार अधिकृत प्रभानन्द जोशीले बताउनु भयो ।
उनीहरूलाई भन्सारको दायरामा ल्याउन आवश्यक प्रयास भइरहेको उनले बताउनु भयो ।
उनले गड्डाचौकी भएर दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक समानहरू बढी आयात हुने गरेको बताउनु भयो ।
Post Views: 173