माघ २७ धनगढी । बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २ सय २४ वटा नमुना परीक्षण गर्दा थप ६२ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालएका अनुसार १ हजार १ सय ४३ जनाको एन्टिजेन र ८१ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा संक्रमणको पुष्टि भएको हो विहिबार भारतबाट फर्किएका २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जानकारी गराएको छ । सवहिबार मात्रै सुदूरपश्चिमका नाका भएर १ हजार १ सय ७ जना स्वदेश फर्केको स्वास्थ्य निर्देशनालय डोटीले जानकारी गराएको छ ।
Post Views: 120