"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उप महानगरमा पुरानै आकांक्षी, कुन दलबाट को को दौडमा

No data was found

Khabar Raftar

माघ २७ धनगढी । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका धनगढीमा निर्वाचन केन्द्रित गतिविधि तीव्र बनेका छन् । दलहरूले धनगढी उप महानगरपालिकामा चुनावी तयारी थालेका हुन् । दलहरूबाट उम्मेदवारको टुंगो लाग्न बाँकी नै छ ।

त्यसैले नेताहरू टिकटका लागी दौडधुप गर्न लागिसकेका छन् ।
यसपटक धनगढीमा अधिकांश पुरानै अनुहार दोहोरिनसक्ने चर्चा छ । कोही आफ्नो विरासत जोगाउने कसरतमा छन् भने कोही विगतको हारलाई उल्ट्याउँदै जीत निकाल्ने गृहकार्यमा छन् ।

वर्तमान मेयर नृपबहादुर वडका प्रत्यासी उम्मेदवार रहेका धनगढीका व्यवसायी एवं समाजसेवी गोपाल ( गोपी ) हमाल पुनः उम्मेदवार बन्ने ध्याउन्नमा छन् ।
उनी सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्दै आफ्नो पक्षमा माहोल सिर्जनामा जुटेका छन् ।

सल्लाह गर्न बाँकी नै छ, तर उम्मेदवारी दिन्छु– हमाल

उनले गत निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

हालका मेयर वडले १४ हजार ३ सय २४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहे ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल आगामी निर्वाचनमा भने विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिने तयारीमा छन् । तर अझै स्वतन्त्र रूपमा उम्मेदवारी दिने वा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिनेबारे औपचारिक निर्णयमा पुग्न नसकेको उनको भनाइ छ ।

उनी विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक हुन् ।

हमालले भने, ‘अझै केही भन्न सकिने अवस्था छैन । अझै साथीहरूसँग छलफल गर्न बाँकी नै छ । तर उम्मेदवारी त दिइन्छ नै ।’

उनी सुन्दर सुदूरपश्चिमका अभियन्ता पनि हुन् ।

कांग्रेसबाट मेयरमा वड दोहोरिने चर्चा

नेपाली कांग्रेसका नेता समेत रहेका धनगढी उप महानगरपालिकाका मेयर वडले अझै एक कार्यकाल दोहोरिन पाउनु पर्ने भन्दै सार्वजनिक रूपमै लबिङ गर्न थालेका छन् ।

आफूले धेरै विकास निर्माणको कार्य शुरू गरेको बताउँदै उनले केही सम्पन्न भएको र केही अधुरै रहेकाले त्यसको सफलताका लागि आगामी कार्यकाल समेत आफू उम्मेदवार हुन पाउने पर्ने उनको जिकिर छ ।

‘मेरो कार्यकाल संघर्षमय बित्यो । १९ वर्षपछि स्थानीय सरकार आएको अवधि हो । कानून निर्माणसँगै सबै वडाहरूमा भौतिक संरचना देखि अन्य विकास निर्माणको जिम्मेवारी रहेको कार्यकाल हो । महामारीका बीच कार्यकाल बित्दैछ । विकास निर्माण धमाधम भइरहेका छन् । केही सम्पन्न भएका छन्, केही भर्खर शुरू भई सञ्चालनका अवस्थामा छन् । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न पनि मेरो उम्मेदवारी हुनेछ ।’

प्रत्येक वडाहरूमा ३ करोडको भौतिक संरचना, फाप्ला क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको व्यवस्थापन, वडा नंम्बर३ मा १० बिघा क्षेत्रफलमा बसपार्क र ७ बिघा क्षेत्रफलमा प्रदर्शनी स्थल निर्माणको डीपीआरको तयारी भइररहेको मेयर वडको भनाइ
छ ।

वडा नंम्बर ७ मा ल्यान्डफिल्ड साइड निर्माण, प्रत्येक वडामा खानेपानी, सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताउँदै मेयर वडले वडा नंम्बर १६ स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा विभिन्न खण्ड सहितका करीब २० करोड बजेटको निर्माण कार्य भइरहेको दाबी गरे ।

नेपाली कांग्रेसबाट हालका मेयर वड मात्रै होइनन्, धनगढीका व्यवसायी कृष्ण महरा, धनगढी उप महानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टको नाम पनि मेयरको आकांक्षी उम्मेदवारको रूपमा चर्चामा छ ।

पार्टीले जिम्मेवारी दिए उम्मेदवारी दिन्छु– अधिकारी

गत निर्वाचनमा माओवादी केन्द्रबाट उपमेयर पदका लागि उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीले आगामी निर्वाचनमा मेयरका आकांक्षी उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्न थालेकी छिन् ।

पार्टीले आवश्यक ठानेको अवस्थामा आफूले विगतको अनुभवबाट सिक्दै नयाँ रणनीतिका साथ उम्मेदवारी दिने अधिकारी सुनाउँछिन् ।

उनले भनिन्, ‘पार्टीले आवश्यक ठानेको अवस्थामा मेरो तयारी स्वाभाविक रूपमै रहन्छ । हामी विगतको अनुभवबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ उपमहानगरको विकासका लागि मेरो तयारी रहन्छ । हामी पनि केही गर्न सक्छौं भन्ने लाग्छ । तर अझै टुंगो लाग्न बाँकी नै छ ।’

अन्य दलका उम्मेदवार पनि तयारीमा जुट्न थालेका छन् ।

एमालेबाट चन्द, खाती लगायत

नेकपा एमालेबाट रणबहादुर चन्द, राजेश खाती, यज्ञराज बास्तोला, दुर्गा जोशी लगायतको नाम चर्चामा आउन थालेको
छ ।

त्यस्तै एकीकृत समाजवादीबाट राजेश भण्डारी लगायतको नाम पनि चर्चामा रहेको छ ।

‘अहिलेसम्म राजनीतिक दलको सत्ता गठबन्धन कायमै रहेको छ । यसले निरन्तरता पनि पाउँछ । राजनीतिक दलबाट आकांक्षी देखिनु राम्रो कुरा हो । तर गठबन्धनले निर्णय गरेपछि आधिकारिक होला, एकीकृत समाजवादीबाट मलाई सार्ने कुरा हुँदैछ,’ भण्डारीले भने ।

हाल दलगत रूपमा आकांक्षी उम्मेदवारहरूको नाम सार्वजनिक हुन थाले पनि उम्मेदवारहरूको अन्तिम टुंगो भने गठबन्धनको भविष्य र महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक मुद्दाहरूको टुंगो लागेपछि हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनलाई कुनै पनि हालतमा तोड्ने रणनीतिमा छ ।

अर्कातिर गठबन्धनलाई निरन्तरता दिई निर्वाचनमा होमिने सत्तारुढ दलहरूको तयारी छ । गठबन्धनकै कारण हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भोगेको हारले नेकपा एमाले थेरै तर्सिएको देखिन्छ । लोकान्तरबाट

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित