माघ २५ काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ९ सय ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने ११ जनाको मृत्य भएको छ । देशभर १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा देशभरमा थप १ हजार ९ सय ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १ सय ८४ जना र चार हजार १ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ७३ जना गरी एक हजार ९ सय ५७ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलवार कोरोना स्ंक्रमणबाट ५ हजार १ सय ३ जना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ३६ हजार १ सय ८१ जना केरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 91