"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कोरोनालाई मौसमी रुघाखोकी जस्तै मानेर अघि बढ्ने दक्षिण कोरियाको तयारी

No data was found

Khabar Raftar

एजेन्सी । दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै बढ्न थालेको
छ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिँदा दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । आइतबार त्यहाँ हालसम्मकै थेरै अर्थात् ३८ हजार ६९१ जना नयाँ संक्रमित थपिएका थिए । तर, आज भने त्यो भन्दा केही कम संक्रमित थपिएका छन् ।
सोमबार दक्षिण कोरियामा ३५ हजार २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एरिराङ समाचार माध्यमले जनाएको छ । त्यहाँ फेब्रुअरीको अन्त्यतिर दैनिक एक लाख ३० हजार देखि एक लाख ७० हजारसम्म दैनिक संक्रमित थपिन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।
यसअघि दक्षिण कोरियाले पश्चिमी मुलुकको भन्दा प्रभावकारी रुपले कोभिड–१९ लाई नियन्त्रण गर्न सकेको थियो । तर, पछिल्लो समय ओमिक्रोनका कारण दैनिक संक्रमितको संख्या ह्वात्तै बढेसँगै स्वास्थ्य प्रणाली र प्रशासनिक स्रोतसाधन निष्प्रभावी बनेका छन् ।

No data was found

यही कारण सरकारले बढ्दो संक्रमणबीच कोभिड–१९ लाई मौसमी रुघाखोकी जस्तै व्यवस्थापन गर्ने गरी हाल लागू गरिएका जनस्वास्थ्यका मापदण्ड एवं स्वास्थ्य प्रणाली फेर्ने तयारी गरेको छ । शुक्रबार केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य कार्यालयले स्वास्थ्य प्रणालीलाई समीक्षा गर्दै कोरोना भाइरसलाई मौसमी रुघाखोकी जस्तै मानेर व्यवस्थापन गर्ने संभावनाबारे छलफल गर्ने बताएको थियो ।
स्वास्थ्य प्रणालीको क्षमता, गम्भीर अवस्थामा पुग्ने बिरामीको अन्तिमदर र मृत्युदर हेरेर प्रणालीमा फेरबदल गर्ने उक्त कार्यालयको भनाइ थियो । यसैबीच, क्वारेन्टाइन र दैनिक चेकअपका क्रममा जीपीएसमार्फत् गरिने अनुगमन अन्त्य हुने भएको छ ।
ओमिक्रोनको तीव्र फैलावटका कारण कडा र समयमै कदम चाल्न असम्भव भएका कारण अबदेखि जीपीएस प्रयोग नहुने अधिकारीहरूले बताएका हुन् । तर, सामाजिक दूरी कायम गर्नुपर्ने नियम भने थप दुई हप्ता बढाइने छ ।
सरकारले आगामी दुई हप्ताको गम्भीर संक्रमण र मेडिकल प्रणालीमाथिको चाप हेरेर क्वारेन्टाइनमा बस्नु पर्ने नियम हटाइने र पुनः यसअघिका झैं ‘कोभिड–१९ सँगै बाँच्ने’ लागू गर्ने तयारी गरेको हो ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त