"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कोरोनालाई मौसमी रुघाखोकी जस्तै मानेर अघि बढ्ने दक्षिण कोरियाको तयारी

No data was found

Khabar Raftar

एजेन्सी । दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै बढ्न थालेको
छ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिँदा दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । आइतबार त्यहाँ हालसम्मकै थेरै अर्थात् ३८ हजार ६९१ जना नयाँ संक्रमित थपिएका थिए । तर, आज भने त्यो भन्दा केही कम संक्रमित थपिएका छन् ।
सोमबार दक्षिण कोरियामा ३५ हजार २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एरिराङ समाचार माध्यमले जनाएको छ । त्यहाँ फेब्रुअरीको अन्त्यतिर दैनिक एक लाख ३० हजार देखि एक लाख ७० हजारसम्म दैनिक संक्रमित थपिन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।
यसअघि दक्षिण कोरियाले पश्चिमी मुलुकको भन्दा प्रभावकारी रुपले कोभिड–१९ लाई नियन्त्रण गर्न सकेको थियो । तर, पछिल्लो समय ओमिक्रोनका कारण दैनिक संक्रमितको संख्या ह्वात्तै बढेसँगै स्वास्थ्य प्रणाली र प्रशासनिक स्रोतसाधन निष्प्रभावी बनेका छन् ।

यही कारण सरकारले बढ्दो संक्रमणबीच कोभिड–१९ लाई मौसमी रुघाखोकी जस्तै व्यवस्थापन गर्ने गरी हाल लागू गरिएका जनस्वास्थ्यका मापदण्ड एवं स्वास्थ्य प्रणाली फेर्ने तयारी गरेको छ । शुक्रबार केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य कार्यालयले स्वास्थ्य प्रणालीलाई समीक्षा गर्दै कोरोना भाइरसलाई मौसमी रुघाखोकी जस्तै मानेर व्यवस्थापन गर्ने संभावनाबारे छलफल गर्ने बताएको थियो ।
स्वास्थ्य प्रणालीको क्षमता, गम्भीर अवस्थामा पुग्ने बिरामीको अन्तिमदर र मृत्युदर हेरेर प्रणालीमा फेरबदल गर्ने उक्त कार्यालयको भनाइ थियो । यसैबीच, क्वारेन्टाइन र दैनिक चेकअपका क्रममा जीपीएसमार्फत् गरिने अनुगमन अन्त्य हुने भएको छ ।
ओमिक्रोनको तीव्र फैलावटका कारण कडा र समयमै कदम चाल्न असम्भव भएका कारण अबदेखि जीपीएस प्रयोग नहुने अधिकारीहरूले बताएका हुन् । तर, सामाजिक दूरी कायम गर्नुपर्ने नियम भने थप दुई हप्ता बढाइने छ ।
सरकारले आगामी दुई हप्ताको गम्भीर संक्रमण र मेडिकल प्रणालीमाथिको चाप हेरेर क्वारेन्टाइनमा बस्नु पर्ने नियम हटाइने र पुनः यसअघिका झैं ‘कोभिड–१९ सँगै बाँच्ने’ लागू गर्ने तयारी गरेको हो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत