"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछाम्को दर्ना लघु जलविद्युत् आयोजना ७ वर्ष नपुग्दै बन्द

No data was found

Khabar Raftar

माघ २४ अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकामा रहको दर्ना लघु जलविद्युत् आयोजना ७ वर्ष नपुग्दै बन्द भएको छ ।
बान्निगढी गाउँपालिकाको वडा नम्बर ६ दर्नामा रहेको ८३ किलोवाट क्षमताको दर्ना लघु जलविद्युत् ््आयोजनाको कुलो बाढीले बगाए पछि सुरु भएको सात वर्ष नपुग्दै बन्द भएको हो । साढे चार करोडको लागतमा निर्माण भएको लघु जलविद्युत् आयोजनाको एक किलोमिटर सात सय मिटर लामो कुलो मध्ये छ सय मिटर कुलो भत्किएको स्थानीयले बताएका छन ।
बान्निगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आयोजना सञ्चालनका लागि पहल गरेको जानकारी गराउदै त्यसको सुनुवाइ नभएको बताउनु भयो । उनले सुदूरपश्मि प्रदेशका प्रदेस सभा सदस्यले राष्ट्रिय प्रसारण लाइन जोड्ने भएकाले विद्युत् आयोजना सञ्चालन नगर्ने भनेर गएको बताउनु भयो । राष्ट्रिय प्रसारण लाइन पनि जडान भएको बताउदै गाउँपालिकाका अध्यक्ष खड्काले उपभोक्ताहरु मारमा परेको बताउनु भयो ।

No data was found

उनले विद्युत् सहकारी मार्फत सञ्चालन हुँदै आएको राष्ट्रिय प्रसारण लाइनले उपभोक्ताहरुलाई निकै मारमा पारेको बताउँदै त्यसको छिट्टै समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उनले विद्युत चुहावट निकै बढेको बताउदै उपभोक्तासँग पैसा उठाएकै भए पनि प्राधिकरणलाई एक वर्षमा २८ लाख तिर्नुपर्ने देखिएको जानकारी गराउनु भयो ।
गाउँपालिकाका अध्यक्ष खड्काले अस्थायी सम्झौता गरेर बिजुली बत्ती बालिएको बताउदै २८ लाख बक्यौता तिर्न नसक्दा तीन पटक विद्युतलाइन काटिएको बताउनु भयो । उनले गाउँपालिकाले जिम्मा लिएर अहिले फेरी जडान गरिएको बताउनु भयो ।
उपभोक्ताले लघुजलविद्युत् आयोजना सञ्चालनमा हुँदा न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट सात रुपैयाँका दलले विद्युत् महसुल तिर्ने गरेको बताउदै अध्यक्ष खडकाले राष्ट्रिय प्रसारण लाइन जोडिए पछि उपभोक्ताहरुले न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १५ रुपैयाँका दरले विद्युत् महसुल तिर्दै आएको बताउनु भयो । लघु जलविद्युत् आयोजना सञ्चालनमा हुँदा पाँच जनाले रोजगारी पाएको बताउदै जलविद्युत् आयोजना बन्द हुँदा २५ महिनाको तलब समेत अझै नपाएको विद्युत् आयोजनामा काम गर्दै आएका झनक थापाले बताए ।

समितिले माघ ५ गते देखि कर्मचारीहरुलाई अवकाश दिइसकेको बताउदै थापाले २५ महिनाको तलब नपाएको गुनासो गरे । जागिरबाट अवकाश दिए पनि काम गरेको पैसा पनि पटक पटक माग गर्दा पनि त्यसको सुनुवाइ नभएको उनले    बताए । तीन जनाको बीमा बापतको ५७ हजार रुपैया पनि समितिले नतिरेको उनले दुखेसो गरे । साबिकको दर्ना गाविसका ६ सय ६२ र कालागाउँ गाविसका ४ सय ५० घरधुरीले सस्तोमा विद्युत उपभोग गर्न पाएकोमा बन्द भए पछि उनिहरुले राष्ट्रिय प्रसारण लाईनबाट विद्युत उपभोग गरेबाफत चर्को महशुल बुझाउदै आएका छन ।

भर्खरै

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु
बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ
अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै

धेरै कमेन्ट गरिएको

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

Untitled-15

बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस

Screenshot_20240929_092450_Lite-1727581253

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ

basuki-mabi-e1762578288483

अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन

death-pt2023-05-03-08-12-06

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी