"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछाम्को दर्ना लघु जलविद्युत् आयोजना ७ वर्ष नपुग्दै बन्द

No data was found

Khabar Raftar

माघ २४ अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकामा रहको दर्ना लघु जलविद्युत् आयोजना ७ वर्ष नपुग्दै बन्द भएको छ ।
बान्निगढी गाउँपालिकाको वडा नम्बर ६ दर्नामा रहेको ८३ किलोवाट क्षमताको दर्ना लघु जलविद्युत् ््आयोजनाको कुलो बाढीले बगाए पछि सुरु भएको सात वर्ष नपुग्दै बन्द भएको हो । साढे चार करोडको लागतमा निर्माण भएको लघु जलविद्युत् आयोजनाको एक किलोमिटर सात सय मिटर लामो कुलो मध्ये छ सय मिटर कुलो भत्किएको स्थानीयले बताएका छन ।
बान्निगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आयोजना सञ्चालनका लागि पहल गरेको जानकारी गराउदै त्यसको सुनुवाइ नभएको बताउनु भयो । उनले सुदूरपश्मि प्रदेशका प्रदेस सभा सदस्यले राष्ट्रिय प्रसारण लाइन जोड्ने भएकाले विद्युत् आयोजना सञ्चालन नगर्ने भनेर गएको बताउनु भयो । राष्ट्रिय प्रसारण लाइन पनि जडान भएको बताउदै गाउँपालिकाका अध्यक्ष खड्काले उपभोक्ताहरु मारमा परेको बताउनु भयो ।

उनले विद्युत् सहकारी मार्फत सञ्चालन हुँदै आएको राष्ट्रिय प्रसारण लाइनले उपभोक्ताहरुलाई निकै मारमा पारेको बताउँदै त्यसको छिट्टै समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उनले विद्युत चुहावट निकै बढेको बताउदै उपभोक्तासँग पैसा उठाएकै भए पनि प्राधिकरणलाई एक वर्षमा २८ लाख तिर्नुपर्ने देखिएको जानकारी गराउनु भयो ।
गाउँपालिकाका अध्यक्ष खड्काले अस्थायी सम्झौता गरेर बिजुली बत्ती बालिएको बताउदै २८ लाख बक्यौता तिर्न नसक्दा तीन पटक विद्युतलाइन काटिएको बताउनु भयो । उनले गाउँपालिकाले जिम्मा लिएर अहिले फेरी जडान गरिएको बताउनु भयो ।
उपभोक्ताले लघुजलविद्युत् आयोजना सञ्चालनमा हुँदा न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट सात रुपैयाँका दलले विद्युत् महसुल तिर्ने गरेको बताउदै अध्यक्ष खडकाले राष्ट्रिय प्रसारण लाइन जोडिए पछि उपभोक्ताहरुले न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १५ रुपैयाँका दरले विद्युत् महसुल तिर्दै आएको बताउनु भयो । लघु जलविद्युत् आयोजना सञ्चालनमा हुँदा पाँच जनाले रोजगारी पाएको बताउदै जलविद्युत् आयोजना बन्द हुँदा २५ महिनाको तलब समेत अझै नपाएको विद्युत् आयोजनामा काम गर्दै आएका झनक थापाले बताए ।

समितिले माघ ५ गते देखि कर्मचारीहरुलाई अवकाश दिइसकेको बताउदै थापाले २५ महिनाको तलब नपाएको गुनासो गरे । जागिरबाट अवकाश दिए पनि काम गरेको पैसा पनि पटक पटक माग गर्दा पनि त्यसको सुनुवाइ नभएको उनले    बताए । तीन जनाको बीमा बापतको ५७ हजार रुपैया पनि समितिले नतिरेको उनले दुखेसो गरे । साबिकको दर्ना गाविसका ६ सय ६२ र कालागाउँ गाविसका ४ सय ५० घरधुरीले सस्तोमा विद्युत उपभोग गर्न पाएकोमा बन्द भए पछि उनिहरुले राष्ट्रिय प्रसारण लाईनबाट विद्युत उपभोग गरेबाफत चर्को महशुल बुझाउदै आएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत