माघ २४ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका दुई महिना देखि प्रमुख प्रशासकिय अधिकृत विहीन बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन गत मङ्सिर १७ गते सरुवा भएर गए पछि नगरपालिका दुई महिना देखि प्रमुख प्रशासकिय अधिकृत विहीन बनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पूर्ण रुपमा बन्द भएको बुढीगंगा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठगुन्नाले जानकारी गराउनु भयो । प्रमुख प्रशासकिय अधिकृत नहुँदा विकास निर्माण्का काम लगायत अन्य योजनाहरूको काम समेत प्रभावित भएको उनले बताउनु भयो ।
उनले शिक्षकहरूले ४ महिना देखि तलब खान नपाएको बताउदै नगरपालिकाको काम पनि लथालिङ्ग भएको बताउनु भयो ।
मेयर दिपक विक्रम शाहले कार्यकारीका लागि मन्त्रालयमा पहल भइरहेको जानकारी गराउदै छिट्टै कार्यकारीको व्यवस्थापन गरेर नगरपालिकाको काम अघि बढ्ने बताउनु भयो ।
बुढिगंगा नगरपालिका अहिले मात्र नभई प्राय प्रमुख प्रशासकीय अधिकृत विहीन हुदै आएको छ ।
बाजुरामा १० थान भरुवा बन्दुक सहित तीन जना पक्राउ
- २ घण्टा अगाडि