"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कर्णाली प्रदेशमा गैरसांसद मन्त्री बने पछि सरकारले पूर्णता पायो

Khabar Raftar

माघ २३ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाए पछि सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शाहीले आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई ÷दुई र एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गरेका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मुख्यमन्त्री शाही संसदीय दलको नेता रहेको कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा ( कार्चेन ) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । यस्तै एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सामारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आइतबार पाँच मन्त्री थपिएसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारले पूर्णता पाएको छ । १६ कातिकमा मुख्यमन्त्री नियुक्त भएका शाहीले सुरुमा माओवादी केन्द्रबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजना र एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।

सत्तारुढ तीन दलबीच भागवण्डा नमिल्दा शाहीले लामो समय सरकारलाई पूर्णता दिन सकेको थिएनन् । माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गरेको थियो । तर, दुवैले एक मन्त्रालय कम पाएका छन् ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन