"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द

No data was found

Khabar Raftar

माघ २२ र्कलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द अबश्थामा रहेको छ । कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि बन्द अबश्थामा रहेको हो । छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालयको परिसर पनि जिर्ण बन्दै गएको स्थानीयवासीले जानकारी
गराएका छन । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षणको अभाव देखिएको स्थानीयवासीले जानकारी
गराए । सरकारले भारतसँग सिमा जोडिएका सबै सिमानाका खुला गर्ने निर्णय गरे पनि पृथ्वीपुर छोटी भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट सङ्कलन हुँदै आएको राजस्व पनि बन्द भएको स्थानीयवासीले जानकारी
गराए ।
खक्रौलास्थित सत्ती भन्सार कार्यालयको मातहतमा रहेको उक्त छोटी भन्सार बन्द हुँदा चोरी तस्करीका घटना समेत बढ्दै गएको स्थानीयवासीले बताएका छन । भन्सार कार्यालय खुला हुँदा कम्तीमा पनि स्थानीयवासीले ल्याउने घरायसी सामानको भन्सार महशुल तिरेर ल्याउने गरेको भजनी नगरपालिका वडा नम्बर५ का सुरेन्द्र चौधरीले बताएका छन । भन्सार तथा आसपासका क्षेत्रमा रातिको समयमा निकै हलचल हुने गरेको उनले बताउदै चोरी तस्करीको सामान आयात हुनेगरेको बताए ।
सत्ती भन्सार कार्यालय, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि तस्करी बारे जानकारी हुने गरेको बताउदै कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै कारबाही हुने गरेको स्थानियले बताएका छन । सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साहले कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीका समयमा बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताए ।
भन्सार विभागबाट छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि अख्तियारी नआएका कारणले पनि छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको बताउदै उनले चाहेर पनि भन्सार खुला गर्न नसक्ने बताए । विभागको अख्तियारी चाहिने बताउदै उनले अख्तियारी अहिले सम्म नआएकाले सञ्चालन गर्न नसकिएको भन्सार प्रमुख साहले बताए । अख्तियारी आए पछि भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ नहुने बताउदै उनले छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटनामा वृद्धि भएको भन्नु गलत भएको
बताए । उनले राजस्व सङ्कलन भने बन्द भएको बताए ।
वार्षिक करिब ४० लाख भन्दा भन्दा बढी राजस्व सङ्कलन छोटी भन्सारबाट हुँदै आएको बताउदै उनले घरायसी सामान ल्याउनेबाट सामान्य भए पनि राजश्व सङ्कलन हुने गरेकामा अहिले हुन नसकेको जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत