"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बसन्ता जंगल अतिक्रमणको चपेटामा, जैविक मार्ग संकटमा

Khabar Raftar

माघ २२ कैलाली । कैलालीको बसन्ता जंगल अतिक्रमणको चपेटामा परे पछि वसन्ता जैविक मार्ग संकटमा पर्दै गएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर –७ मा पर्ने बेलापरसुवाका अधिकांस ब्यक्तिहरुले बसन्ता जंगलमा टहरा बनाएर बस्दै जंगल अतिक्रमण गर्न थाले पछि वसन्ता जैविक मार्ग संकटमा पर्दै गएकोे हो । नेपाल–भारत वन्यजन्तु ओहोर दोहोरका लागि प्रख्यात वसन्ता जैविक मार्ग बसन्ता जंगल अतिक्रमण गरी बस्ति बस्न थाले पछि संकटमा पर्दै गएको हो ।
२०६६ सालको बाढीमा बेलापरसुवामा मोहना नदी छिरेपछि उठीबास भएका स्थानिय बेलापरसुवाँका सबै परिवारलाई बाढीपीडित भनेर जिल्ला विपद् व्यवस्थापन समितिले अस्थायी रूपमा वसन्ता जैविक मार्गमा पर्ने भुइयाँफाँटामा ल्याएर राखे पछि बसन्ता जैविक मार्ग संकटमा पर्दै आएको हो । स्थानीयका अनुसार त्यतीखेर बेलापरसुवाका तीन सय परिवारलाई उद्धार गरेर भुइयाँफाँटामा राखिएको थियोे । २०६६ साल पछि बेलापरसुवामा बाढी पसेको छैन र खेतीपाती पनि भइरहेको छ । तर पनि उनीहरूले करिब १२ वर्ष देखि भुइयाँफाँटामा बसोबास गर्दै आएका छन । विकास निर्माणका साथै आवश्यक पूर्वाधार गाउँपालिका र सरकारी निकायले उक्त क्षेत्रमा निर्माण गर्दै आएको छ । अहिले भुइयाँफाँटामा करिब ५ सय घरधुरी बस्दै आएका छन् भने आवश्यक सबै पूर्वाधार पनि बनिसकेका छन । नेपाल–भारत वन्यजन्तु ओहोर दोहोरका लागि प्रख्यात वसन्ता जैविक मार्गमा बस्ती बसेर विकास हुदै गए पछि संरक्षणको बाटो पर्खिरहेको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले भुइयाँफाँटा हुँदै पूर्वपश्चिम हुलाकी राजमार्ग विस्तार भए पछि झनै अतिक्रमित बस्ती हटाउन मुस्किल भएको जानकारी गराउनु भयो ।
पुर्खौ देखि बसोबास रहेको बेलापुरसुवामा खेतीपाती गर्ने र उब्जाउ हुने जमिन प्रशस्त भए पनि हुलाकी राजमार्ग, सहरीकरण र अन्य सहजताले गर्दा उनीहरू अतिक्रमित वन क्षेत्र छोड्न नचाहेको उनले जानकारी गराए ।
राजनीतिक दलहरूले बस्तीलाई भोट बैंकका रूपमा प्रयोग गर्ने गरेका कारण पनि समस्या भएको डिभिजन वन कार्यालय धनगढी प्रमुख पराजुलीले बताउनु भयो । ‘हामीले धेरै पटक हटाउन खोज्यौं तर राजनीतिक दलहरूको असहयोगका कारण सफल हुन सकेनौं उनले भने ।’ वसन्ता सब–डिभिजन कार्यालयका वन अधिकृत लोकराज दाहालले केही समय अघि बस्ती हटाउन सुरु गरेको बताउदै उनले सबै मान्छे एकजुट भएर घरभित्र छिरेपछि डोजर चलाउन नसकेको बताए । गत वर्ष डिभिजन वन कार्यालय धनगढीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन कर्मचारी गरी डेढ सय जनशक्ति परिचालन गरेर बस्ती हटाउने प्रयास गरेको भए पनि असफल भएको बताउदै उनले त्यसपछिे डिभिजन वन कार्यालयले हटाउने आँट नगरेको उनले बताए । ‘बाढीपीडित भनेर केही समयका लागि आश्रय दिइएको वन क्षेत्र उनिहरुका लागी कमाइ गर्ने स्रोत बनेको दाहालले बताए । वन अधिकृत दाहालका अनुसार हुलाकी सडकसँग जोडिएको वसन्ता जैविक मार्गमा भुइयाँफाँटा, मझरा र बैजपुर क्षेत्रको वनमा बाढीपीडितहरूलाई राखिएको भए पनि उनीहरूले अरू वन क्षेत्र पनि कब्जा गर्ने र प्लटिङ गर्ने सम्मका गतिविधि अघि बढाउने गरेका छन । सुदूरपश्चिम प्रदेशको प्राकृतिक स्रोत साधन समितिले समेत बेला–बेलामा अतिक्रमित वन क्षेत्र र वसन्ता जैविक मार्गको स्थलगत निरीक्षण गर्ने गरेको छ । समितिका सदस्य सांसद महेशदत्त जोशीले अतिक्रमण बढ्दा अन्तर्राष्ट्रिय जैविक मार्ग संकटमा परेको बताए । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले अतिक्रमण गरी बसेका बस्ती हटाउन चाहे पनि सबै राजनीतिक दलहरूको सहयोगबिना असम्भव भएको बताउँछन । ‘ती बस्तीलाई कसरी व्यवस्थापन गर्ने भनेर सबै पार्टीसँग छलफल अघि बढेको उनले बताउनु भयो । यसबारे संघीय सरकारसँग पनि कुरा भएको छ ।’ मन्त्रालयका सचिव देवेशमणि त्रिपाठी पनि राजनीतिक दलहरूले नचाहेसम्म अतिक्रमण हटाउने विषय कार्यान्वयन नै हुन नसक्ने बताउँछन । कैलालीको कुल वनको ३३ प्रतिशत ओगटेको वसन्ता वन केही वर्षमै सकिने अवस्थामा पुगेको स्थानीय संरक्षणकर्मी तथा सीएफसी वसन्ताका अध्यक्ष रमेश चौधरीले बताएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ
कैलालीका १२ घर विपन्न परिवारका लागि आवास निर्माण
ऐतिहासिक गर्भादरबारको संरक्षण गरौ
डोटीमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान

charesh

कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

abas

कैलालीका १२ घर विपन्न परिवारका लागि आवास निर्माण