विभेद विभेद नै हो । चाहे त्यो गैरदलितले दलित समुदायलाई गरोस, या दलितले दलितलाई गरोस । विभेदको एउटै पीडा हुन्छ । बाहुन क्षेत्रिहरुले गर्ने जातियबिभेदको पीडा बढी र दलित भित्रकै अर्का दलितले गर्ने आन्तरीक विभेदको पीडा कम हुन्छ भन्ने हुदैन । त्यसैले यसको अन्त्य सबै भन्दा पहिले दलित समुदाय भित्रैबाट हुन जरुरी छ ।
दलित दलित बिचको जातियबिभेदको अन्त नहँुदा सम्म जातियबिभेद हटाउने कुरा कोरा सपना जस्तै हो । राज्यले संविधानबाटै जातिय विभेदको अन्त्य गरिसकेको छ । कानून बनाएर दण्ड सजाएको ब्याबश्था गरी सकेको छ । तर पनि जातिय विभेद मौलाउदै गएको छ । दैनिक रुपमा जातिय विभेदको पीडा सहनेहरुको संख्या बढ्दै गएको छ ।
सबै भन्दा पहिले यसको अन्त्यका लागी दलित भित्रैको आन्तरीक विभेदको अन्त्य गर्न आवश्यक छ । जब सम्म कामीको छोराले दमाईकी छोरी विहे गरेर घरमा ल्याउदा परिवारले स्विकारर्न सक्दैन तब सम्म जातिय विभेदको सपना देखेर बाहुन क्षेत्रीहरुसंग मात्र कुर्लेर केही हुनेवाला छैन । फुटाउ र राजगरको सिद्धान्त अनुसार सामन्तहरुले दलित भित्रै थुप्रै समुदाय बनायर एकले छोएको अर्को लाई नचल्ने संकार जो बनाएको छ त्यसलाई नभत्काए सम्म विभेदको अन्त्य हुन सक्दैन ।
ब्राहमण क्षेत्री बिरुद्ध जातिय संघर्ष गर्न तयार हुने दलितहरु आफु बिचको बिभेद हटाउन नलडे सम्म जातिय विभेदको सपना देख्नु केवल सपना मात्र हो । दमाईले बादीलाई सुनारले दमाईलाई गर्ने बिभेद हटाउन नसके विभेद अन्त्यको कुरा गर्नु ब्यर्थ हो । जातियबिभेदको साच्चिकै अन्तय चाहेको हो भने दलित दलित बिचको बिभेदको अन्त्य हुन जरुरी छ । त्यसपछि अन्य समुदायसंग बिभेद बिरुद्ध लडाई लडन सकिन्छ । जातिय बिभेदको अनत्य गर्नु छ भने पहिले आन्तरीक बिभेद हटाउन जरुरी छ । अन्तरजातिय विभेदले उब्जायको प्रश्नको अन्त्य गर्न आवश्यक छ ।