"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरका स्थानीय निकाय र राष्ट्रिय भूमि आयोग बीच सहमति पत्रमा हस्ताक्षर

No data was found

Khabar Raftar

माघ २१ कञ्चनपुर । कञ्चनपुरका स्थानीय निकाय र राष्ट्रिय भूमि आयोग बीच भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोवासलाई व्यवस्थापन गर्न
सहमति पत्रमा हस्ताक्षर हस्ताक्षर गरिएको छ ।
बिहीबार कञ्चनपुरका पाँच वटा स्थानीय तह र राष्ट्रिय भूमि आयोग बीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

पुनर्वास नगरपालिकाका तर्फबाट नगर प्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगर प्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख सुशीलाचन्द सिंह, बेलडाँडी गाउँपालिकाका तर्फबाट अध्यक्ष धनबहादुर थापा र लालझाडी गाउँपालिकाका तर्फबाट अध्यक्ष मदनसेन वडायकले कार्य सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी आयोगका तर्फबाट विज्ञ सदस्य टेकबहादुर शाह, आयोगको कञ्चनपुर जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुंगानाले हस्ताक्षर गर्नु भएको छ । आयोगका विज्ञ सदस्य शाहले देश भरीका ७५ वटा स्थानीय तहसँग आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोवासलाई व्यवस्थापन गर्ने काम अघि बढाइसकेको जानकारी गराउनु भयो । आयोगले केही जिल्लामा जिल्ला समिति गठन भई कार्य प्रारम्भ भइसकेको बताउर्दैै उनले केहीसँग सहमति पत्रमा हस्ताक्षर हुने क्रम जारी रहेको            बताउनु भयो ।
आयोगले जग्गा नाप जाँचका लागि जनशक्ति व्यवस्थापन गर्न लागेको बताउदै उनले थप जनशक्तिका लागि स्थानीयले व्यवस्थापन गर्नु पर्ने
बताए । आयोगले गरेका अधुरा कार्मबाटै नयाँ काम शुरु हुने उनले जानकारी    गराए ।
आयोगका जिल्ला समिति अध्यक्ष देवेन्द्र ढुङ्गानाले कार्यालय व्यवस्थापनको काम भइरहेको जानकारी गराउदै कामलाई गतीमा अगाडि बढाइने
बताए । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले आयोगले सम्झौता गरेर मात्रै नहुने भएकाले कार्यान्वयन पक्ष अगाडि बढाउनुपर्ने बताए । यस अघि कञ्चनपुरका वेदकोट, कृष्णपुर, बेलौरी र दोधारा चाँदनी नगरपालिकासँग कार्य सहमतिपत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत लिने, जग्गा नाप जाँच गर्ने कार्य शुरु भइसकेको छ । कञ्चनपुरका नौवटै स्थानीय तहसँग आयोगले कार्य सहमति पत्रमा हस्ताक्षर गरेपछि वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका बासिन्दा जग्गाको मालिक बन्ने पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले बताउनु भयो ।
भूमिसम्बन्धी ऐन २०२१, भूमिसम्बन्धी नियमहरू २०२१, राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ र अन्य प्रचलित कानुनमा भएका व्यवस्था अनुरूप आयोग र स्थानीय तह दुवै पक्ष एकपसमा मञ्जुर भई कार्य सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत