"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

म्युजिक भिडियोमा जमिरहेकी विना

Khabar Raftar

विना राउतले दुई वर्षअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ गीतको म्युजिक भिडियोमा काम गरेर मोडलिङ करिअर सुरु गरेकी थिइन् ।
टंक बुढाथोकी र बुनु उप्रेतीको स्वर रहेको गीतको भिडियोमा उनी सुनिल क्षेत्रीसँग प्रस्तुत भएकी छन् । उक्त गीतको भिडियोलाई दर्शकहरुले रुचाए । त्यसयता उनले १३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।
‘रातो गुलाब’, ‘मेरो माया बसेको गाउँमा’, ‘मोहनी मन्तर’, चाइनिज पिलेट’, ‘पोखरेली नानी’ ‘कोकाकोला फिगर’, ‘सुटुक्कै’ उनले अभिनय गरेका केही म्युजिक भिडियो हुन् ।
म्युजिक भिडियोमा छोटो समयमै उनले पाएको सफलता लोभलाग्दो
छ । उनी स्वयं पनि छोटो समयमै आफूले यति माया पाउँछु भनेर नसोचेको बताउँछिन् । ‘करिअर शुरु गर्दा यति मन पराउनुहुन्छ भन्ने सोचेको थिइन । तर मेहनत गर्नुपर्छ आफू सफलतामा पुगिन्छ भन्ने कुरा भने सुरुबाटै लाग्थ्यो,’ उनले भनिन् ‘एकदमै खुसी लाग्छ । दर्शकहरुबाट यति धेरै माया पाएकी छु ।’ टिकटकमा राम्रो फ्यान फलोअर्स कमाएकी उनलाई धेरैले टिकटकबाट उदाएकी मोडल भनेर समेत चिन्ने गरेका छन् । मोडल सरोज राना प्रजासँग उनले बनाउने भिडियो टिकटकमा निकै भाइरल भएको थियो । यस प्रसंगमा उनले भनिन्, ‘पहिलो भिडियो टिकटकमा फ्लोअर्स बढ्नुअघि, भिडियो भाइरल हुनुअघि खेलेकी हुँ । बीचको लकडाउनको समयमा हाम्रो भिडियो भाइरल भएर धेरैले टिकटकबाट चिन्नुभएको हो । सोही कारण पनि धेरैले मलाई टिकटकबाट आएको भन्नुहुन्छ ।’ भिडियोमा अधिकांश अभिनेता तथा मोडलसँग सहकार्य गरिसकेकी उनी सबैभन्दा बढी भने सरोजसँगै देखिँदै आएकी छन् ।
म्युजिक भिडियोमा सफलता पाइरहेकी विनाले बिहीबार आफ्नो २३ औं जन्मदिन मनाइरहेकी छन् । आउँदा दिनमा पनि सकेसम्म मेहनत गर्दै दर्शक–श्रोताले रुचाउने भिडियो दिने प्रयास रहने उनले बताइन् ।
चलचित्रमा अभिनय गर्ने सोच भएपनि तत्काल त्यसका लागि तयार नरहेको उनले बताइन् । ‘चलचित्रमा काम गर्ने सोच छ । तर त्यसका लागि आवश्यक धेरै कुरा सिकेपछि मात्र,’ उनले भनिन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ