"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

हिमपातका कारण अवरुद्ध दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलायो

Khabar Raftar

माघ २१ धनगढी
हिमपातका कारण अवरुद्ध दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ । बिहीबार देखि परेको हिउँ पन्छाएर अवरुद्ध सतबाँझ–गोठलापानी खडक शुक्रबार मध्याह्न पछि सेनाले खुलाएको हो ।
सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको गुल्मपति सेनानी खिलबहादुर रानाले जानकारी गराउनु भयो ।
राजमार्ग खुलाउन बिहानै देखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको उनले बताउनु भयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

हिउँ पन्छाए पछि उक्त सडक खण्डमा रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतिर लागेको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी रानाले जानकारी गराउनु भयो । सतबाँझ–गोठलापानी सडकखण्ड सञ्चालनमा आए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी गराउनु भयो ।
अनारखोली, खोडपे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको प्रहरी निरीक्षक खड्काले जानकारी गराउनु भयो ।
हिउँ पर्ने क्रम नरोकिएकाले सञ्चालनमा आएको दशरथचन्द राजमार्ग अझै अवरुद्ध हुने सम्भावना रहेको उनले बताए । बिहीबार दिउँसो देखि राजमार्ग बन्द हुँदा यात्रु अलपत्र परेको उनले बताउनु भयो । उनले काठमाडौं, धनगढी, महेन्द्रनगरबाट आएका र दार्चुला, बैतडीबाट छुटेका यातायातका साधन बीच बाटोमै रोकिएको बताउनु भयो ।

वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाब दिएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ । यहाँ तेस्रोपटक हिमपात भएको बताइएको छ । यस अघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको बताईएको छ ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ