"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हिमपातका कारण अवरुद्ध दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलायो

No data was found

Khabar Raftar

माघ २१ धनगढी
हिमपातका कारण अवरुद्ध दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ । बिहीबार देखि परेको हिउँ पन्छाएर अवरुद्ध सतबाँझ–गोठलापानी खडक शुक्रबार मध्याह्न पछि सेनाले खुलाएको हो ।
सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको गुल्मपति सेनानी खिलबहादुर रानाले जानकारी गराउनु भयो ।
राजमार्ग खुलाउन बिहानै देखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको उनले बताउनु भयो ।

हिउँ पन्छाए पछि उक्त सडक खण्डमा रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतिर लागेको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी रानाले जानकारी गराउनु भयो । सतबाँझ–गोठलापानी सडकखण्ड सञ्चालनमा आए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी गराउनु भयो ।
अनारखोली, खोडपे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको प्रहरी निरीक्षक खड्काले जानकारी गराउनु भयो ।
हिउँ पर्ने क्रम नरोकिएकाले सञ्चालनमा आएको दशरथचन्द राजमार्ग अझै अवरुद्ध हुने सम्भावना रहेको उनले बताए । बिहीबार दिउँसो देखि राजमार्ग बन्द हुँदा यात्रु अलपत्र परेको उनले बताउनु भयो । उनले काठमाडौं, धनगढी, महेन्द्रनगरबाट आएका र दार्चुला, बैतडीबाट छुटेका यातायातका साधन बीच बाटोमै रोकिएको बताउनु भयो ।

वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाब दिएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ । यहाँ तेस्रोपटक हिमपात भएको बताइएको छ । यस अघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको बताईएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत