माघ २१ जनकपुरधाम । धनुषामा हावाहुरीका कारण रूख ढल्दा दुई बालिका र रौतहटमा एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहानै देखि चलेको हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको मसलाको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीया अरबन्दी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
हावाहुरीका कारण अचानक विद्यालय प्रांगणमा रहेको मसलाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।
त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका वडा नमबर १ मा हावाहुरीका कारण घर ढल्दा एक महिलाको मृत्यु भएको छ। स्थानीय ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
Post Views: 189