माघ १९ धनगढी,
कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य सहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको छ ।
मुल नहर निमार्ण सुरु गरेको डेढ दशक पछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो । करिब १३ किलोमिटर मुल नहर निमार्ण सकिए पनि आयोजना अन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निर्माणाधीन अवस्थामै छ । महाकाली सिँचाइ आयोजना तेस्रो चर शाखा नहर निमार्णको तयारी तीव्र पारेको छ । शाखा नहर निमार्णका लागि योजना बनाउँदै छौँ पण्डितले भने, आगामी फागुन भित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ । भारतले महाकाली नदी देखि नेपाल–भारत सीमा सम्म बनाउनु पर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धि अनुसार भारतले नेपालको सीमा सम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटर लगायतका संरचना बनाउनु पर्ने हुन्छ । सोही अनुसार भारतले नहर निमार्ण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ । आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका वडा नम्बर–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य विन्दु देखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ ।
निर्माणाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रुख कटानका कारण ढिलाइ भएको हो, उनले भने । त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वे थालेके भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । स्थानीयले अवरोध गरे पछि दोधारा चादँनीमा सर्वेको काम अहिले रोकिएको छ, पण्डितले भने, त्यहाँ महाकालीबाट सिँचाइका लागि ३ सय ५० क्युसेक पानी लगिनेछ । हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ । रासस
बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
- १२ घण्टा अगाडि