माघ १९ धनगढी, सुदूरपश्चिम प्रदेशमा थप २ सय ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ३० जनाको एन्टिजेन र १ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३ जनामा संक्रमणको पुष्टि भएको हो । बुधवार संक्रमण पुष्टि भएका मध्ये ४६ जना भारतबाट फर्केका नागरिक रहेको स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । सुदूरपश्चिमका नाका भएर ७ सय ५४ जना स्वदेश फर्केको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा ४ हजार ४ सय ७२ जना सक्रिय संक्रमीत पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुमध्ये ८० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Post Views: 85