"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार अलपत्र

No data was found

Khabar Raftar

माघ १८ कैलाली
सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण अलपत्र परेको छ । नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको दुईवर्ष भइ सक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका कारण प्रवेशद्वार निर्माण कर्य अलपत्र परेको हो ।
कैलालीको टीकापुरस्थित कैलाश मानसरोवर तीर्थयात्राका लागि पैदल मार्गबाट जाँदा टीकापुर नगरपालिका वडा नम्बर ७ मा रहेको पद्मप्रकाशेश्वर मन्दिर दर्शन गरेर जाने र आउँदा पनि त्यहाँ दर्शन गरेर फर्कने प्रचलन रहेकाले पनि प्रवेशद्वारको नाम नै कैलाश मानसरोवर प्रवेशद्वार राखिएको स्थानीयले जानकारी गराएका छन । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३२ लाख ५७ हजार बजेट बिनियोजन गरेपछि ठेक्का मार्फत प्रवेशद्वार निर्माणको काम सुरु गरिएको थियो । समयमै ठेकेदार कम्पनीले काम पूरा नगरेका कारण आयोजना अलपत्र परेको स्थानीयवासीले बताएका छन । प्रदेश सरकारको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले उक्त कार्यका लागि ६५ लाख बराबरको लागत अनुमान तयार पारेकोे थियो ।
ठेकेदार कम्पनी एमएमबि कन्स्ट्रक्सनले प्रवेशद्वारको जगको काम गरेर उठाएका खम्बा बाङ्गो भएको स्थानीयले बताएका छन । खम्बामा प्रयोग भएको मसला पनि निकै कमजोर भएको पाइएकाले खम्बा निकै कमसल र गुणस्तरहिन भएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाहले जानकारी गराएका छन । उनले तत्काल निर्माण कम्पनीलाई निर्माण भएको संरचना भत्काएर सुरुबाट काम गर्न लगाउनु पर्ने बताए । प्रवेशद्वार निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेको देखिएको छ । स्थानीयवासीको पहुँच भन्दा बाहिर रहेकोले पनि ठेकेदारले त्यसको फाइदा उठाएको हुन सक्ने बताइृएको छ । उनले काम रोकेर सुरुबाटै प्रवेशद्वार निर्माण गराउनका लागि प्रदेश सरकार जिम्मेवार बन्न पर्ने बताउदै होइन भने निर्माण कम्पनीलाई नै कारबाही गर्नु पर्ने बताए । सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले निकै मेहनत र प्रयास गरेर निर्माण गर्न लागिएको प्रवेशद्वारको काममा निर्माण कम्पनीले चरम लापरबाही गरेको आरोप
लगाएका छन । यो प्रवेशद्वारको महत्व धेरै छ । भोलिका दिनमा भारतीय पर्यटक कैलाश मानसरोवर सम्मको तीर्थयात्रामा पैदल जाँदा यहीँ प्रवेशद्वार भएर जाने छन । यस पर्यटकीय स्थलको प्रचार प्रसार र विकासका लागि प्रवेशद्वार निर्माण थालिएको उनले बताए । उनले काम राम्रो नभएको बताउदै यसलाई तत्काल दीर्घकालीन हुने गरी निर्माणका लागि पहल गर्नेपर्ने बताउनु भयो । अहिलेकै अवस्थामा प्रवेशद्वार निर्माणले निरन्तरता पाए त्यो निकै कमसल हुने उनले बताए । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका निमित्त प्रमुख भोजराज पाठकले प्रवेशद्वारको काम अलपत्र नपरेको बताउनु भयो ।
उनले चालू आर्थिक वर्षमा आयोजनाका लागि १० लाख बजेट मात्रै विनियोजन भएका कारण त्यहीँ बजेटले मात्र काम गर्न नसकिने बताउदै थप बजेटका लागि समन्वय हुँदै आएको बताउनु भयो । पहिलो वर्ष कोरोनाका कारण विनियोजन भएको बजेट काम हुन नसके पछि फिर्ता भएको बताउदै उनले गत आर्थिक वर्षमा पनि वर्षको अन्तिममा काम सुरु भएका कारण पूरा हुन नसकेको उनले बताउनु भयो । प्रवेशद्वारको योजनालाई बहुवर्षीय आयोजनाको रुपमा लिएको बताउदै उनले बजेटको अभावले काम रोकिएको बताउनु भयो । अहिले ठेक्का दिएको निर्माण कम्पनीलाई म्याद थप गरेर काम अगाडि बढाउन सक्ने अवस्था नरहेको बताउँदै निमित्त प्रमुख पाठकले बताउनु भयो । प्रवेशद्वार निर्माणमा लापरबाही गरेको बताउदै उनले गुनासो आए पछि पुनः त्यसको अध्ययनका लागि प्राविधिकलाई निर्देशन दिइएको जानकारी गराए । गुनासो आए पछि प्राविधिक टोलीलाई प्रवेशद्वारको अध्ययनका लएागि निर्देशन दिएको उनले बताउनु भयो । प्राविधिकको प्रतिवेदनले काम कमसल देखिएको अवस्थामा निर्माण कम्पनीलाई पुनः निर्माण गर्न लगाउने वा कारबाही गरेर धरौटी र बैंक ग्यारेन्टी जफत गर्ने भन्ने निर्णयमा पुग्ने निमित्त प्रमुख पाठकले बताउनु भयो । गतवर्ष प्राविधिककै टोलीले गरेको अनुगमनका आधारमा करिब १५ लाख भुक्तानी भए पनि बाँकी रकम भुक्तानी नभएको उनले जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत