माघ १८ धनगढी
सुदूरपश्चिम प्रदेशमा थप २ सय ४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २८ जनाको एन्टिजेन र २ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
मंगलवार संक्रमण पुष्टि भएका मध्ये ३४ जना भारतबाट फर्केका नागरिक हुन् । मंगलबार सुदूरपश्चिम प्रदेशका नाका भएर ६ सय ६२ जनामा स्वदेश फर्केको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । प्रदेशमा हाल ४ हजार ५ सय ८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । उनीहरु मध्ये ८१ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् । त्यस्तैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो ।
पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
- ७ घण्टा अगाडि