"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रदेश सांसद महेश जोशीले आफ्नै सःमिललाई दिलाए करोडौ रकम

No data was found

Khabar Raftar

माघ १८ कञ्चनपुर,
कञ्चनपुर क्षेत्र २ (क) का प्रदेश सांसद महेशदत्त जोशीले आफ्नै करोडौ रकम दिएको पाइएको छ । जोशकिोे नेतृत्वमा सञ्चालित कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर –२ वाणीमा रहेको हरित सेवा सामुदायिक समिल तथा फर्निचर उद्योगमा जोशीले करोडौ रुपैया दिलाएको पाईएको हो । आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको समिलमा जा्ेशीले करोडौरुपैया लगानी गरेको पाईएइको हो । प्रदेश सांसद जोशीले प्रदेश सरकारबाट १ करोड १० लाख रुपैया बजेट हाल्न लगाएको उक्त समीलमा आर्थिक अनियमीत्ता भएको भन्दै अख्तियार दुरुपयोग आयोगको केन्द्रीय कार्यालय टंगालमा बैशाख ७ गते उजुरी परे पछि उक्त समिलमा अख्तियारले छानविन सुरु गरेको हो ।
‘एक निर्वाचन, एक उद्यम’ कार्यक्रमको ८० लाख र सामुदायिक समिल तथा फर्निचर उद्योग (मुक्त कमैयाहरु) को लागि भन्दै ३० लाख बजेट प्रदेश सरकारले दिएको रकम उक्त समीलमा लगाईएको पाईएको छ ।
उक्त बजेटमा समेत हिनामिना भएको आरोप लागेको छ । यसैगरी, अख्तियारमा परेको उजुरीमा कानून विपरीत मिल सञ्चालनमा रहेको, वन ऐन, नियमावली, निर्देशिका, तथा समिल सञ्चालन,व्यवस्थापन कार्यविधि विपरीत कुनै कानूनी प्रक्रिया पूरा नगरी गोलिया काठ चिरान गर्ने गरेको आरोप लगाइएको छ ।
समिलको वार्षिक आम्दानी खर्च तथा अन्य कारोबारको पारदर्शी हिसाब नराखेको, विगत ३ आर्थिक वर्षदेखि लेखा परीक्षण तथा वार्षिक साधारणसभा समेत नगरेको उजुरीमा उल्लेख छ । वैशाख ७ गते उजुरी परेकोमा अख्तियारले २४ गते नै कृष्णपुर नगरपालिकालाई पत्र पठाएर छानविन प्रक्रिया अघि बढाएको थियो ।
पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ९ अनुसार आवश्यक कारवाही गर्न नगरपालिकालाई भनिएको छ । नगरपालिकाले आन्तरिक छानविन गरी थप छानविन गर्न हालै वडा नम्बर २ को कार्यालयलाई पत्र पठाएको छ ।
पत्रमा आवश्यक छानविन गरी सत्यतथ्य जानकारी गराउन नगरपालिकाले वडालाई भनेको छ । ‘नगरपालिकाको पत्र पाएका छौं,’ वडा अध्यक्ष जयनारायण जोशीले भने, ‘अब ३ सदस्यीय समिति गठन गरेर छानविन गछौँ ।’
समिलमा विभिन्न संघसंस्थाले समेत सहयोग गरेको देखिन्छ । उक्त मिलमा हरियो बन, ताल परियोजनाले समेत सहयोग गरेको छ । प्रदेशसभा सदस्य जोशी मिलका संस्थापक सञ्चालक हुन् । जोशीकै संरक्षणमा उनको परिवार तथा अन्यले मिल सञ्चालन गर्दै आएका छन् ।
अहिले मिलको अध्यक्ष उनकै छोरी बिना जोशी छन् भने छोरा नरेश जोशीले मिलको सबै काम हेर्छन् । कृष्णपुरका १४ सामुदायिक वन मिलका सेयर सदस्य छन् ।
मिल २०७२ सालमा स्थापना भएको थियो । सामुदायिक वनहरुबाट संकलन गरिएको बजेटबाट मिल स्थापना गरिएको थियो । ‘प्रदेश सरकारबाट प्राप्त बजेटबाट मेसनरी सामान खरिद गरेका हौं,’ सांसद जोशीले भने, ‘ट्रान्सफर्मर लगायतका सामाग्री खरिद गरिएको थियो ।’
कानूनी रुपमै मिल सञ्चालन भइरहेको मिलका सदस्य शिवदत्त पन्तले बताए । ‘लेखा परीक्षण लगायतका सबै कार्य गरेका छौं,’ उनले भने, ‘प्रदेशबाट प्राप्त बजेटमा भवन निर्माण र आवश्यक सामाग्री खरिद गरेका थियौं, प्रदेश सरकारबाट गतवर्ष ३० लाख मात्रै पाएका हौं ।’

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत