"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जनगणना ०७८ मा सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो

Khabar Raftar

माघ १३ धनगढी
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणले सुदूरपश्चिम प्रदेशका पाँच वटा पहाडी जिल्लाको जनसंख्या घटेको देखिएको छ ।
भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा गरिएको राष्ट्रिय जनगणना , २०७८ को प्रारम्भिक तथ्याङ्कले सुदूरपश्मि प्रदेशका सात वटा पहाडी जिल्ला मध्ये पाँच जिल्लामा जनसंख्या घटेको देखाएको हो ।
२०६८ सालकोे जनगणनामा दुई लाख ५७ हजार ४ सय ७७ कूल जनसंख्या रहेको अछाम जिल्लामा यस वर्षको जनगणनाले दुई लाख २९ हजार १ सय १६ जनसंख्या देखाएको छ । यो जनगणनामा अछामको जनसंख्या २८ हजार ३ सय ६१ ले घटेको छ । त्यसैगरी बझाङ्गको जनसंख्या पनि घटेको यो जनगणनाले देखाएको छ । १० वर्ष अघि बझाङको जनसंख्या १ लाख ९५ हजार १ सय ५९ रहेकोमा यस वर्ष घटेर १ लाख ८९ हजार ९७ रहेको छ । बझाङमा ६ हजार ६२ ले जनसंख्या घटेको छ । त्यसैगरी ०६८ को जनगणनामा २ लाख ११ हजार ७ सय ४६ डोटीको जनसंख्या रहेकामा हाल २ लाख ५ हजार ६ सय ८३ रहेको छ । १० वर्षको यो अवधिमा डोटीको जनसंख्या ६ हजार ६३ ले घटेको छ । त्यसैगरी १० वर्ष अघि २ लाख ५० हजार ८ सय ९८ जनसंख्या रहेको बैतडीमा हाल २ लाख ४४ हजार ४ सय जनसंख्या कायम भएको छ ।
बैतडी जिल्लाको जनसंख्या पनि १० बर्षको अबधीमा ६ हजार ८ सय ९४ ले घटेको तथ्याङले देखाएको छ । डडेल्धुरा जिल्लाको जनसंख्या पनि घटेको तथ्याङले देखाएको छ ।
०६८ सालको जनगणनामा १ लाख ४२ हजार ९४ जनसंख्या रहेको डडेल्धुरामा यसपालीको जनगणनाले १ लाख ३९ हजार ४ सय २० मात्र देखाएको छ । १० वर्षमा यस जिल्लाको जनसंख्या र्२ हजार ६ सय ७४ ले घटेको छ । अन्यदुई पहाडी जिल्लाहरू बाजुरा र दार्चुलामा थोरै भए पनि जनसंख्याबृद्धि भएको देखिन्छ ।
०६८ सालको जनगणनामा १ लाख ३४ हजार ९ सय १२ जनसंख्या रहेको बाजुरामा हाल १ लाख ३८ हजार ९ सय ९८ जनसंख्या पुगेको छ । १य बर्षमा बाजुरामा ४ हजार ८६ जनसंख्या बृद्धी भएको तथ्याङकले देखाएको छ ।
त्यसैगरी ०६८ सालको जनगणनामा १ लाख ३३ हजार २ सय ७४ जनसंख्या रहेको दार्चुलामा हाल १ लाख ३५ हजार ५६ जनसंख्या पुगेको छ । दार्चुलामा पनि १० बर्षमा १ हजार ७ सय ८२ ले जनसंख्या बृद्धी भएको छ । त्यसैगरी सुदूरपश्मि प्रदेशको तराईका दुई जिल्लाहरू कैलाली र कञ्चनपुरको जनसंख्या पहाडी जिल्लाको तुलनामा उल्लेख्य मात्रामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
०६८सालको जनगणनामा ७ लाख ७५ हजार ७ सय ९ रहेको कैलालीको जनसंख्या हाल ९ लाख ११ हजार १ सय ५५ पुगेको छ । कैलालीमा १इ बर्षको अबधीमा १ लाख ३५ हजार ४ सय ४६ ले जनसंख्या बृद्धी भएको हो । त्यसैगरी ०६८ सालको जनगणनामा ४ लाख ५१ हजार २ सय ४८ कञ्चनुरको जनसंख्या रहेकोमा हाल ५ लाख १७ हजार ६ सय ४५ पुगेको छ । १० वर्षमा कञ्चनपुरको जनसंख्यामा ६६ हजार ३ सय ९७ ले बृद्धि भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना