"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनगणना ०७८ मा सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो

No data was found

Khabar Raftar

माघ १३ धनगढी
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणले सुदूरपश्चिम प्रदेशका पाँच वटा पहाडी जिल्लाको जनसंख्या घटेको देखिएको छ ।
भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा गरिएको राष्ट्रिय जनगणना , २०७८ को प्रारम्भिक तथ्याङ्कले सुदूरपश्मि प्रदेशका सात वटा पहाडी जिल्ला मध्ये पाँच जिल्लामा जनसंख्या घटेको देखाएको हो ।
२०६८ सालकोे जनगणनामा दुई लाख ५७ हजार ४ सय ७७ कूल जनसंख्या रहेको अछाम जिल्लामा यस वर्षको जनगणनाले दुई लाख २९ हजार १ सय १६ जनसंख्या देखाएको छ । यो जनगणनामा अछामको जनसंख्या २८ हजार ३ सय ६१ ले घटेको छ । त्यसैगरी बझाङ्गको जनसंख्या पनि घटेको यो जनगणनाले देखाएको छ । १० वर्ष अघि बझाङको जनसंख्या १ लाख ९५ हजार १ सय ५९ रहेकोमा यस वर्ष घटेर १ लाख ८९ हजार ९७ रहेको छ । बझाङमा ६ हजार ६२ ले जनसंख्या घटेको छ । त्यसैगरी ०६८ को जनगणनामा २ लाख ११ हजार ७ सय ४६ डोटीको जनसंख्या रहेकामा हाल २ लाख ५ हजार ६ सय ८३ रहेको छ । १० वर्षको यो अवधिमा डोटीको जनसंख्या ६ हजार ६३ ले घटेको छ । त्यसैगरी १० वर्ष अघि २ लाख ५० हजार ८ सय ९८ जनसंख्या रहेको बैतडीमा हाल २ लाख ४४ हजार ४ सय जनसंख्या कायम भएको छ ।
बैतडी जिल्लाको जनसंख्या पनि १० बर्षको अबधीमा ६ हजार ८ सय ९४ ले घटेको तथ्याङले देखाएको छ । डडेल्धुरा जिल्लाको जनसंख्या पनि घटेको तथ्याङले देखाएको छ ।
०६८ सालको जनगणनामा १ लाख ४२ हजार ९४ जनसंख्या रहेको डडेल्धुरामा यसपालीको जनगणनाले १ लाख ३९ हजार ४ सय २० मात्र देखाएको छ । १० वर्षमा यस जिल्लाको जनसंख्या र्२ हजार ६ सय ७४ ले घटेको छ । अन्यदुई पहाडी जिल्लाहरू बाजुरा र दार्चुलामा थोरै भए पनि जनसंख्याबृद्धि भएको देखिन्छ ।
०६८ सालको जनगणनामा १ लाख ३४ हजार ९ सय १२ जनसंख्या रहेको बाजुरामा हाल १ लाख ३८ हजार ९ सय ९८ जनसंख्या पुगेको छ । १य बर्षमा बाजुरामा ४ हजार ८६ जनसंख्या बृद्धी भएको तथ्याङकले देखाएको छ ।
त्यसैगरी ०६८ सालको जनगणनामा १ लाख ३३ हजार २ सय ७४ जनसंख्या रहेको दार्चुलामा हाल १ लाख ३५ हजार ५६ जनसंख्या पुगेको छ । दार्चुलामा पनि १० बर्षमा १ हजार ७ सय ८२ ले जनसंख्या बृद्धी भएको छ । त्यसैगरी सुदूरपश्मि प्रदेशको तराईका दुई जिल्लाहरू कैलाली र कञ्चनपुरको जनसंख्या पहाडी जिल्लाको तुलनामा उल्लेख्य मात्रामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
०६८सालको जनगणनामा ७ लाख ७५ हजार ७ सय ९ रहेको कैलालीको जनसंख्या हाल ९ लाख ११ हजार १ सय ५५ पुगेको छ । कैलालीमा १इ बर्षको अबधीमा १ लाख ३५ हजार ४ सय ४६ ले जनसंख्या बृद्धी भएको हो । त्यसैगरी ०६८ सालको जनगणनामा ४ लाख ५१ हजार २ सय ४८ कञ्चनुरको जनसंख्या रहेकोमा हाल ५ लाख १७ हजार ६ सय ४५ पुगेको छ । १० वर्षमा कञ्चनपुरको जनसंख्यामा ६६ हजार ३ सय ९७ ले बृद्धि भएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान