"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रुस – युक्रेन संकट ः रुसबाट ग्याँस नआए चिसोले जम्नेछ युरोप

No data was found

Khabar Raftar

यूरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदलिने भएको छ । पश्चिमा देशले रुसमाथि खुलम खुल्ला ग्यास युद्ध सुरु गर्न लागेको आरोप लागाएका छन् । तर उनीहरुको यो आरोप क्रेमलिनले अस्वीकार गर्दै आएको छ । युरोपलाई फरक–फरक प्रभाव क्षेत्रवाला आवश्यकतामा बाँड्न र ग्यास बजारको खेलको नियम पनि फेर्नका लागि रुसले पश्चिमी देशमाथि एक किसिमको शर्त राखेको छ ।
युरोपेली देश आफ्नो जनसंख्या र उद्योग दुबै बचाउन युद्ध स्तरमा तयारी गरिरहेको छ र अमेरिका यो कुराबाट खुसी देखिएको छ । किनकी युरोपलाई रुसी ग्यासको सट्टा उच्च मूल्यमा आफ्नो ग्यास उपलब्ध गराउन पाउनेछ । विश्वव्यापी उर्जा संकटको सुरुवात गत वर्षको हिउँदमा नै भएको थियो । हिउँद आउँदा आउँदै अवस्था झनै बिग्रिएको थियो । पहिले ग्सास र अब तेलको मूल्यले पनि युरोपलाई आक्रान्त पारेको छ । युरोपमा उर्जा संसाधनको यत्तिको कमी छ कि सर्वसाधारणदेखि उद्योगीसम्म बिजुली र ग्यासको बील कुनै हिसाब किताब बिना तिरिरहेका छन् । यस्तो अवस्थामा युरोपमा अचानक किन ग्यासको संकट गहिरियो भनेर सोध्न थालिएको छ । उनीहरु चिसोमा कठ्याङ्ग्रिएर जम्ने अवस्थामा पुगेका हुन् ? यसका कयौँ कारण छन् ।
युरोपको उर्जा संकटः
दुई कारण त अस्थाई किसिमका छन् । पहिलो कोरोना महामारी र दोस्रो मौसम । बाँकी तीन कारण यस्ता छन् जुन निकै लामो समयदेखि सुल्झिएको छैन । यसको राम्रो उर्जा बजारमा प्रतिस्पर्धा, युक्रेनी जनताको आत्मनिर्णयको अधिकार र भविष्यको अर्थव्यवस्थामा हायड्रोकार्बनको भूमिकाको विषयलाई लिएर रुस र यूरोपबीच सैद्धान्तिक मदभेद त्यसैमा छ ।
यूरोपको उर्जा संकट कहिलेसम्म चल्ने छ ? यूरोपले यसको नोक्सानी उठाउनु पर्नेछ ? ग्यास बजारको खेलको नियम कहिले फेरिनेछ ? र रुसको कमाइको प्रमुख स्रोत मानिने हाइड्रोकार्बनको प्रयोग कम गर्न जुन हरित उर्जालाई बढावा दिने कुरा गरिएको छ, त्यसको भविष्य के हो त ? यी सबै प्रश्नको जवाफ यो कुरामा निर्भर गर्छ कि यूरोप र रुसबीच जुन राम्रा विषयमा मतभेद भएको छ, त्यसलाई कत्तिको चाँडो सुल्झाउन सकिन्छ । युरोपलाई जति प्राकृतिक ग्यासको आवशयकता पर्छ, त्यसको करिब एक तिहाई रुसले आपूर्ति गर्दै आएको छ । तर गत हिउँदपछि उसले ग्यास आपूर्तिमा ठूलो कटौती गरेको छ । १५ जनवरीसम्म युरोपेली देश क्रेमलिनमाथि ग्यास युद्ध सुरु गरेको सिधा आरोप लगाउन बचेको देखिन्थ्यो तर यूक्रेनको विषयलाई लिएर भ्लादिमिर पुटिनको इच्छा देखिएपछि पश्चिमा देशले यूरोपको उर्जा संकटका लागि रुसमाथि सीधै जिम्मेवार देखाउन सुरु गरे ।
सन् १९७३–७४ को ऐतिहासिक तेल संकटः
केही समय पहिले नै अन्तर्राष्ट्रिय उर्जा एजेन्सीको प्रमुख फातिह बिरोलले स्पष्ट रुपमा रुसलाई चालबाजको संज्ञा दिएका थिए । यूरोपमा रुसका तर्फबाट ग्यासको आपूर्तिमा कटौती र यूक्रेनमाथि क्रेमलिनको बढ्दो धम्कीकाबीचको सम्बन्ध देखिएको उनको भनाई थियो । उनले भने, ‘हामीलाई लागे अनुसार युरोपमा ग्यास बजारको समस्या रुसले पैदा गरेको हो ।’

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण