यूरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदलिने भएको छ । पश्चिमा देशले रुसमाथि खुलम खुल्ला ग्यास युद्ध सुरु गर्न लागेको आरोप लागाएका छन् । तर उनीहरुको यो आरोप क्रेमलिनले अस्वीकार गर्दै आएको छ । युरोपलाई फरक–फरक प्रभाव क्षेत्रवाला आवश्यकतामा बाँड्न र ग्यास बजारको खेलको नियम पनि फेर्नका लागि रुसले पश्चिमी देशमाथि एक किसिमको शर्त राखेको छ ।
युरोपेली देश आफ्नो जनसंख्या र उद्योग दुबै बचाउन युद्ध स्तरमा तयारी गरिरहेको छ र अमेरिका यो कुराबाट खुसी देखिएको छ । किनकी युरोपलाई रुसी ग्यासको सट्टा उच्च मूल्यमा आफ्नो ग्यास उपलब्ध गराउन पाउनेछ । विश्वव्यापी उर्जा संकटको सुरुवात गत वर्षको हिउँदमा नै भएको थियो । हिउँद आउँदा आउँदै अवस्था झनै बिग्रिएको थियो । पहिले ग्सास र अब तेलको मूल्यले पनि युरोपलाई आक्रान्त पारेको छ । युरोपमा उर्जा संसाधनको यत्तिको कमी छ कि सर्वसाधारणदेखि उद्योगीसम्म बिजुली र ग्यासको बील कुनै हिसाब किताब बिना तिरिरहेका छन् । यस्तो अवस्थामा युरोपमा अचानक किन ग्यासको संकट गहिरियो भनेर सोध्न थालिएको छ । उनीहरु चिसोमा कठ्याङ्ग्रिएर जम्ने अवस्थामा पुगेका हुन् ? यसका कयौँ कारण छन् ।
युरोपको उर्जा संकटः
दुई कारण त अस्थाई किसिमका छन् । पहिलो कोरोना महामारी र दोस्रो मौसम । बाँकी तीन कारण यस्ता छन् जुन निकै लामो समयदेखि सुल्झिएको छैन । यसको राम्रो उर्जा बजारमा प्रतिस्पर्धा, युक्रेनी जनताको आत्मनिर्णयको अधिकार र भविष्यको अर्थव्यवस्थामा हायड्रोकार्बनको भूमिकाको विषयलाई लिएर रुस र यूरोपबीच सैद्धान्तिक मदभेद त्यसैमा छ ।
यूरोपको उर्जा संकट कहिलेसम्म चल्ने छ ? यूरोपले यसको नोक्सानी उठाउनु पर्नेछ ? ग्यास बजारको खेलको नियम कहिले फेरिनेछ ? र रुसको कमाइको प्रमुख स्रोत मानिने हाइड्रोकार्बनको प्रयोग कम गर्न जुन हरित उर्जालाई बढावा दिने कुरा गरिएको छ, त्यसको भविष्य के हो त ? यी सबै प्रश्नको जवाफ यो कुरामा निर्भर गर्छ कि यूरोप र रुसबीच जुन राम्रा विषयमा मतभेद भएको छ, त्यसलाई कत्तिको चाँडो सुल्झाउन सकिन्छ । युरोपलाई जति प्राकृतिक ग्यासको आवशयकता पर्छ, त्यसको करिब एक तिहाई रुसले आपूर्ति गर्दै आएको छ । तर गत हिउँदपछि उसले ग्यास आपूर्तिमा ठूलो कटौती गरेको छ । १५ जनवरीसम्म युरोपेली देश क्रेमलिनमाथि ग्यास युद्ध सुरु गरेको सिधा आरोप लगाउन बचेको देखिन्थ्यो तर यूक्रेनको विषयलाई लिएर भ्लादिमिर पुटिनको इच्छा देखिएपछि पश्चिमा देशले यूरोपको उर्जा संकटका लागि रुसमाथि सीधै जिम्मेवार देखाउन सुरु गरे ।
सन् १९७३–७४ को ऐतिहासिक तेल संकटः
केही समय पहिले नै अन्तर्राष्ट्रिय उर्जा एजेन्सीको प्रमुख फातिह बिरोलले स्पष्ट रुपमा रुसलाई चालबाजको संज्ञा दिएका थिए । यूरोपमा रुसका तर्फबाट ग्यासको आपूर्तिमा कटौती र यूक्रेनमाथि क्रेमलिनको बढ्दो धम्कीकाबीचको सम्बन्ध देखिएको उनको भनाई थियो । उनले भने, ‘हामीलाई लागे अनुसार युरोपमा ग्यास बजारको समस्या रुसले पैदा गरेको हो ।’
कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
- १ घण्टा अगाडि