"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आमालाई कोरोना देखिँदैमा गर्भको बच्चालाई असर गर्दैन ः चिकित्सक

No data was found

Khabar Raftar

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ । यसको जोखिममा गर्भवती महिला पनि उत्तिकै छन् । आमालाई कोरोना संक्रमण भएमा गर्भमा हुर्किरहेको शिशुलाई पनि असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् । मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ बालकृष्ण शाहका अनुसार महामारीको समयमा आवश्यक औषधि पनि सीमित हुन्छ ।
गर्भवती भएको बेला ज्वरो आएमा पारासिटामोल खान उनी सुझाव
दिन्छन् । सामान्य व्यक्तिले ज्वरो आउँदा प्रयोग गर्ने फ्लेक्जन, बोफ्रिन जस्ता औषधि गर्भवती महिलाले प्रयोग गर्न नहुने शाह बताउँछन् ।
महामारीको बेला अस्पताल जाँदा त्यहींबाटै संक्रमण हुनसक्ने जोखिम हुने भएकाले अत्यावश्यक बाहेकमा अस्पताल नजान पनि उनी
सुझाउँछन् । ‘अहिले समय एकदमै जोखिम बढेको छ । बच्चा चलेन, रगत बग्ने लगायतका समस्या देखियो भने मात्र अस्पताल जानुपर्छ । बच्चालाई चाहिने खोप र नियमित गर्ने भिडियो एक्सरे ५–१० दिन ढिला गर्दैमा आत्तिहाल्नु पर्दैन,’ डा. शाह भन्छन् । अस्पताल घरजत्तिको सुरक्षित स्थान नभएकाले महामारीका बेला गर्भवती महिलाले घरमै बसेर पोषिलो र तागतिलो खानेकुरा खानुपर्छ ।
सामान्य व्यक्तिलाई भन्दा गर्भवती महिलामा स्वास्थ्यमा थप जटिलता आउन सक्छ । धेरै ज्वरो आएमा त्यसले कलेजोमा समेत असर पु¥याउन सक्ने डा. शाह बताउँछन् । कुनै पनि समस्या आएमा गर्भवती महिला ‘पर्ख र हेर’को अवस्थामा रहनुहुँदैन । ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने जस्ता समस्या देखिनासाथ चिकित्सकको परामर्श लिएर पारासिटामोल खान सकिने उनको सुझाव छ ।
कोरोना संक्रमणबाट जोगिन गर्भवती महिलाले पनि अरुले अपनाएजस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने, भीडभाडमा नजाने जस्ता सर्तकता अपनाएमा यसबाट बच्न सकिन्छ ।
कोरोना विरुद्धको खोप गर्भवती तथा सुत्केरी महिला तथा महिनावरी भएको बेलामा पनि लगाउन सकिन्छ । डा. शाह अगाडि भन्छन्, ‘कोरोना पोजिटिभ देखिएको अवस्थामा पनि डेलिभरी गर्न सकिन्छ । आमालाई कोरोना पोजेटिभ देखिँदैमा बच्चालाई असर गर्दैन ।’ गर्भवती भएको अवस्थामा मनमा अनेक कुरा खेल्न सक्छन् । अझ महामारीको समयमा त अरु बढी तर्कवितर्क उठ्ने गर्छन् । ‘यो समयमा गर्भवती महिलाले आफूलाई मानसिक र शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नुपर्दछ,’ डा. शाह भन्छन्, ‘कोरोनाको संक्रमण अन्य मानिसलाई जस्तो हुन्छ गर्भवती महिलालाई पनि त्यस्तै हो । कोभिड भएमा अस्पतालले भर्ना लिँदैन कि भन्ने चिन्ता
लिनुपर्दैन । अस्पताल बिरामीको सेवाका लागि खोलिएको हो । त्यसकारण स्वास्थ्यमा समस्या देखिनासाथ अस्पताल नै जानुपर्छ ।’

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत