माघ १२ धनगढी
बुधबार सुदूरपश्चिम प्रदेशमा थप ६ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा एक हजार ८ सय ५० नमुना परीक्षण गर्दा थप ६ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ६६ जनाको नमुना पिसिआर परिक्षण गर्दा २ सय ४९ जना र एक हजार ४ सय ८४ जनाको नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ६५ जना गरी ६ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
त्यस्तैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भएर १ सय ९ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । बुधबार भारतबाट फर्किएका १ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
गौरीफन्टा नाकाबाट आएका २८ जनामा, गड्डाचौकी नाकाबाट आएका ५४ जनामा, झुलाघाट नाकाबाट आएका १७ जनामा र पुलघाट नाकाबाट आएका पाँच जना गरी १ सय ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको हो ।
कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
- २ घण्टा अगाडि