"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

३८ करोड रुपैयाँको मुद्दामा मुछियो खडका परिवार

No data was found

Khabar Raftar

माघ ११ काठमाडौं ,
राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धी प्राप्त अनौठो सूचना प्राप्त गरेको करिब ३५ दिन पछि ‘२५ वर्षका दिनेश खड्कालाई नेपाली रुपैयाँलाई डलरमा रुपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गरेको आरोपमा पक्राउ गरेको छ ।
कच्चा सूचनाका आधारमा विभागले गरेको पाँच साता लामो अनुसन्धानले प्रविधिको प्रयोग गरेर नेपालमा हुने अवैध अमेरिकी डलर अपचलनको नयाँ खालको अनौठो अपराधमा खडका परिवार मुछिएको छ । नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रुपान्तरण गरेर मोबाइल एप मार्फत अज्ञात ठाउँमा भुक्तानी गरेको आरोपमा सोमबार राजस्व अनुसन्धान विभागले कैलालीका २५ वषिर्य युवक दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुबा नरवहादुर खड्का र केटी साथी अनिता धितालविरुद्ध जिल्ला अदालत काठमाडौंमा विदेशी विनिमय अपचलनको आरोपमा मुद्धा दर्ता गरेको छ । कुल ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताएका छन । आरोपितहरुले तीन महिनाको अवधिमा ३७ करोड ६४ लाख ११ हजार १ सय नेपाली रुपैयाँलाई ३१ लाख २७ हजार ८९६.७९ सेन्ट डलरमा रुपान्तरण गरेर अनलाइन मार्फत स्रोत नखुलेको ठाउँमा भुक्तानी गरेको विभागले जनाएको छ । राष्ट्र बैंकको स्वीकृति नभएको अवैध कारोबारमा संलग्न भएको आरोपमा विभागले उनीहरुलाई तीन वर्षको जेल सजाय र सोही रकम बराबरको विगो भराउने माग दाबी गरिएको आरोप पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ । दिनेश र उनको आफन्तको नेपाली बैंकमा रहेको खातामा विभिन्न व्यक्तिबाट भएको नेपाली रुपैयाँ निक्षेपलाई दिनेशले एपमार्फत डलरमा विनिमय गर्ने र स्रोत नखुलेको स्थानमा भुक्तानी गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाइ छ । दिनेशको नाम र बैंक खाताबाट सुरु भएको अनुन्धानका क्रममा अचम्मको बैंकिङ कारोबार भेटिएको विभागका एक अधिकारीले बताए । ‘कुनै ठूलो आय स्रोत पनि नभएको र व्यापार व्यवसायमा पनि नलागेको परिवारका तीन जना र दिनेशको केटी साथीको खातामा तीन महिनाको अवधिमा ३७ करोड रुपैयाँ डिपोजिट भएको फेला ती अधिकारीले बताएका छन । ग्लोबल आइएमई बैंकमा रहेको दिनेशको खातामा ९ करोड ८९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँ ७७ पैसा र सोही बैंकमा रहेको उनका बुबा नरेशबहादुर खड्काको खातामा एक करोड ६४ लाख ११ हजार १ सय ६६ रुपैयाँ ३५ पैसा रकम डिपोजिट भएको पाइएको विभागले जनाएको छ । यस्तै दिनेशकी दिदी भगवती खड्काको एनआईसी एसिया बैंकमा रहेको खातामा २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ र दिनेशकी केटी साथी अनिता धितालको नाममा लक्ष्मी बैंकमा रहेको खातामा ५ करोड ७ सय ७६ लाख ६ हजार ८ सय २६ रुपैयाँ तीन महिनाको बीचमा डिपोजिट भएको पाईएको छ । अनुसन्धानका क्रममा प्राप्त मोबाइल, ल्यापटप र अन्य प्राविधिक उपकरण अनुसार ती खातामा भएको रकमलाई दिनेशले ईस्क्रिल र बिन्यास मार्फत लोड तथा अनलोड गरी डलरमा भुक्तानी गर्ने गरेको भेटिएको थियो । कयौं मानिसहरुबाट आरोपितको खातामा नेपाली रुपैयाँ डिपोजिट भएको देखिए पनि त्यो रकम कुन प्रयोजनमा कहाँ भुक्तानी भयो भन्ने अझै अनुसन्धानको चरणमा रहेको विभागले जनाएको छ । ‘स्वदेशमा कुन ठाउँमा वा विदेशमा कुन गेटवे प्रयोग गरेर यो रकम भुक्तानी भयो भन्ने कुनै तथ्य फेला नपरेको र अनुसन्धान भईरहेको ती अधिकारीले बताए । मुद्धा दायर भएका मध्ये मुख्य आरोपी दिनेशले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बीटक्वाईनको मूल्यबारे अधिक चासो व्यक्त गरेको देखिन्छ । बीट क्वाईनको मूल्यबारे उनले पटकपटक गरेको टीप्पणी र यो प्रकरणमा प्रयोग भएको एप विन्यासको प्रकृति मेल खाने विभागका अधिकारीहरुको आशंका छ । क्रिप्टोकरेन्सी कारोबारको भुक्तानी होकी हो कि भन्ने कोणबाट गरिएको अनुसन्धान पुष्टि हुन बाँकी रहेको र कारोबार तथा एसएमएस सूचनाहरु हेर्दा हुण्डी हो कि भन्ने आशंका गर्ने ठाउँ पनि बलियो देखिएको विभागले जनाएको छ । आरोपित पक्राउको २९ दिनभित्र मुद्दा बुझाउनु पर्ने बाध्यताले थप अनुसन्धान गर्न बाँकी रहेकाले अझै थप विषयहरु खुल्दै जाने विभागले जनाएको छ । डलरको अपचलनमा संलग्न दिनेश नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाई सदस्य हुन् भने उनको बुबा नरबहादुर नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमीटी सदस्य भएको जानकारी भएको छ । एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा नरबहादुर कैलालीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएको र यसअघि उनी कैलाली एमालेका निर्वाचित जिल्ला कमिटी सदस्य भएको पाईएको छ । जिल्ला नेताको परिवार नै डलर अपचलनमा परेपछि अनुसन्धान फितलो बनाउन र मुद्दा रोक्न अनेकन दबाव दिइएको विभाग स्रोतले बतायो । ‘अनुसन्धान प्रभावित बनाउन सबै हर्कत भयो, तर हामी प्रारम्भिक अनुसन्धान सकेर मुद्दा दर्ता गर्न सफल भयौं,’ एक अधिकारीले बताएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत