"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रियसभा निर्वाचनका लागी सुदूरपश्म्मिा दुईवटा मतदान केन्द्र

No data was found

Khabar Raftar

माघ ११ धनगढी
तीन जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागी सुदूरपश्मिमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
भोली बुधबार हुने राष्ट्रियसभा सदस्यको निर्बाचनका लागि सुदूरपश्चिम प्रदेशसभाको परिसरमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी गराउनु भयो ।
उनले भोली हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा परिसरमा दुई वटा मतदान केन्द्र निर्धारण गरेको जानकारी गराउदै ‘५२ जना प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’ नामाकरण गरेर व्यवस्थापन गरिएको बताउनु भयो । त्यसैगरी स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरेर १ सय ७५ जनाका लागि मतदान स्थल ‘ख’ निर्धारण गरेको सहायक निर्वाचन अधिकृत भट्टले जानकारी गराउनु भयो । उनले प्रदेशसभा परिसरमा हुने मतदानका लागि मतपत्र छपाइको काम सकेर सुरक्षित रुपमा राखिएको जानकारी गराउदै भोली बिहान ९ बजे देखि ३ बजेसम्मका लागि मतदानको कार्यसूची तय गरिएको जानकारी गराउनु भयो । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गठबन्धनको तर्फबाट खुल्लामा नेपाली कांग्रेसका नारायण मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादी पार्टीकी गरिमा शाहको उम्मेदवारी रहेको छ । त्यसैगरी नेकपा एमालेले खुल्लामा डिल्लीराज भट्ट, दलितमा नरेश बिक र महिलामा सन्तोष कुमारी शर्मा थापालाई उम्मेदवार बनाएको छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४,माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य रहेका छन् । ८८ वटा स्थानीय तहका १ सय ७५ जना मतदाता रहेकोमा कांग्रेसका ७४ जना मतदाता रहेका छन् भने एमालेका ७१ जना मतदाता रहेका छन् । माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् । मतदानमा सहभागि हुनका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीय तहका जनप्रतिनिधिहरु धनगढी पुगिसकेको बताईएको छ ।

No data was found

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ