"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

राष्ट्रियसभा निर्वाचनका लागी सुदूरपश्म्मिा दुईवटा मतदान केन्द्र

Khabar Raftar

माघ ११ धनगढी
तीन जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागी सुदूरपश्मिमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
भोली बुधबार हुने राष्ट्रियसभा सदस्यको निर्बाचनका लागि सुदूरपश्चिम प्रदेशसभाको परिसरमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी गराउनु भयो ।
उनले भोली हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा परिसरमा दुई वटा मतदान केन्द्र निर्धारण गरेको जानकारी गराउदै ‘५२ जना प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’ नामाकरण गरेर व्यवस्थापन गरिएको बताउनु भयो । त्यसैगरी स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरेर १ सय ७५ जनाका लागि मतदान स्थल ‘ख’ निर्धारण गरेको सहायक निर्वाचन अधिकृत भट्टले जानकारी गराउनु भयो । उनले प्रदेशसभा परिसरमा हुने मतदानका लागि मतपत्र छपाइको काम सकेर सुरक्षित रुपमा राखिएको जानकारी गराउदै भोली बिहान ९ बजे देखि ३ बजेसम्मका लागि मतदानको कार्यसूची तय गरिएको जानकारी गराउनु भयो । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गठबन्धनको तर्फबाट खुल्लामा नेपाली कांग्रेसका नारायण मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादी पार्टीकी गरिमा शाहको उम्मेदवारी रहेको छ । त्यसैगरी नेकपा एमालेले खुल्लामा डिल्लीराज भट्ट, दलितमा नरेश बिक र महिलामा सन्तोष कुमारी शर्मा थापालाई उम्मेदवार बनाएको छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४,माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य रहेका छन् । ८८ वटा स्थानीय तहका १ सय ७५ जना मतदाता रहेकोमा कांग्रेसका ७४ जना मतदाता रहेका छन् भने एमालेका ७१ जना मतदाता रहेका छन् । माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् । मतदानमा सहभागि हुनका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीय तहका जनप्रतिनिधिहरु धनगढी पुगिसकेको बताईएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ