धनगढी,११ माघ,
मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय नमुना परीक्षण गर्दा थप २ सय ५६ जनामा संक्रमणको पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी गराएका छन । त्यसैगरी २४ घण्टामा ५ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने २ जना संक्रमित संक्रमणमुक्त भएका छन् । अस्पतालमा २२ जना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी गराएउदै ती मध्ये १ जनाको आइसियुमा उपचार भइरहेको जानकारी गराउनु भयो ।
Post Views: 241