माघ ११ धनगढी ,
सुदूरपश्चिममा पहिलो पटक ४ जनामा ओमिक्रोनको पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सुदूरपश्मि प्रदेशका ४ जनामा पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २ जना, बझाङ र डोटीका एक÷एक जना गरी ४ जनामा संक्रमणको पुष्टि भएको हो । कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको कार्कीले जानकारी गराउनु भयो । त्यसैगरी ‘कोरोना संक्रमणको पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको मध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको उनले जानकारी गराए ।’ संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक भएको समेत उनले जानकारी गराए ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
- १३ मिनेट अगाडि