माघ १० अछाम,
अछाममा पुस मसान्त सम्म नयाँ र पुराना गरी एक लाख ५७ हजार १८ मतदाता संख्या पुगेको छ । ८० हजार ६ सय ८५ जना महिला र ७६ हजार ३ सय ३३ जना पुरुष गरी १ लाख ५७ हजार १८ पुगेको हो । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ जना मतदाता र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९सय ९ जना रहेका छन् । साँफेबगर नगरपालिकामा ११ हजार ४ सय ८५ जना महिला र १० हजार ५ सय ९० जना पुरुष मतदाता रहेका छन् । त्यसैगरी बान्नीगढी जयगढ गाउँपालिकामा ६ हजार २ सय १२ जना महिला र ६ हजार ६ सय ९७ जना पुरुष रहेका छन् । त्यसैगरी मंगलसेन नगरपालिकामा १९ हजार ९०४ मतदाता छन् । जसमा महिला १० हजार ३ सय ५ र पुरुष ९ हजार ५ सय ९८ रहेका छन् ।
मेल्लेख गाउँपालिका १५ हजार ४ सय ३५ जना मतदाता रहेका छन् । जसमा ७ हजार ९ सय ६६ जना महिला र ७ हजार ४ सय ६९ जना पुरुष रहेका छन् । चौरपाटी गाउँपालिकामा १४ हजार ७ सय ३९ मतदाता रहेका छन् । जसमा ७ हजार ९ सय ७९ जना महिला र ६ हजार ७ सय ६० जना पुरुष रहेका छन् । त्यसैगरी रामारोशन गाउँपालिकामा १४ हजार ४ सय ६५ जना मतदाता रहेका छन् । जसमा महिला ७ हजार १ सय ८९ जना र पुरुष ७ हजार २ सय ७६ जना रहेका छन् । पन्चदेवल विनायक नगरपालिकामा १६ हजार २ सय ८६ जना मतदाता रहेका छन् । जसमा महिला ८ हजार ५ सय २४ जना र पुरुष ७ हजार ७ सय ६२ जना रहेका छन् । त्यसैगरी कमलजवार नगरपालिकामा १४ हजार १ सय ३४ जना मतदाता रहेका छन् । जसमा ६ हजार ९ सय ७७ जना महिला र ७ हजार १ सय ५७ जना पुरुष रहेका छन् । तुर्माखाँद गाउँपालिकामा १५ हजार ५ सय ७५ जना मतदाता रहेका छन् । जसमा ७ हजार ८ सय २७ जना महिला र ७ हजार ७ सय ४७ जना पुरुष रहेका छन् । त्यसैगरी ढकारी गाउँपालिकामा १२ हजार ४ सय ९५ जना रहेका छन् । जसमा ६ हजार २ सय २१ जना महिला र ६ हजार २ सय ७४जना पुरुष रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड
- ८ घण्टा अगाडि